१६ करोडको रुबीसहित सिजापति पक्राउ


२२ श्रावण २०७५, मंगलवार
rubi

काठमाडौं, २२ साउन । महानगरीय प्रहरी वृत्त दरबारमार्गले १६ करोड मूल्य बराबरको दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ ।

rubi

बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ गरी आज (मंगलबार) सार्वजनिक गरेको हो ।

वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले उपत्यकाका विभिन्न स्थानमा रुवी बिक्री–वितरण तथा ओसार–पसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रुवीसहित सिजापतिलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७