वाम गठबन्धनको घोषण पत्र सार्वजनिक (पूर्णपाठसहित)


२१ कार्तिक २०७४, मंगलवार
cpn uml and moist1

काठमाडौं : संयुक्त वामगठबन्धनको प्रतिनिधिसभा र प्रदेशसभको चुनावी घोषणा पत्र सार्वजनिक भएको छ । ‘स्वच्छ निर्वाचन लोकतन्त्रको आधार, सुशासन र समृद्धिको आधार बामपन्थी सरकार’ मुल नाराका साथ तीनकुनेस्थित मंगलबार रोयल व्यांक्वेटमा नेकपा (एमाले) र माओवादी केन्द्रका शीर्ष नेताहरूले घोषणापत्र सार्वजनिक गरेको हो ।

cpn uml and moist1
घोाषणापत्रमा विगतका एमाले र माओवादी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफैँ बनाऔँ, नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजन जनमा सेयर जस्ता नाराहरु प्नि निरन्तरता दिएको छ ।
घोषण पत्रमा आगामी १० वर्षभित्र २० हजार मेगावाट विद्युत, ५ हजार अमेरीकी डलर प्रतिव्यक्ति आय पु¥याउने जलमार्ग, पदमार्ग, केबुलकार तथा घोडेटो र गोरेटो बाटोे निर्माण, विस्तार एवं स्तरोन्नतिका बृहत् परियोजना सञ्चालन गरिनेछ र यस अवधिमा ग्रामीण क्षेत्रमा निर्माण गरिएका ८१ हजार किलोमिटर सडकहरूलाई कृषि सडकमा रूपान्तरण गरिने उल्लेख छ ।
पाँच वर्षभित्र दुई हजार ३५० किमी रेलमार्ग निर्माण तथा अन्य भौतिक पूर्वाधारको विकास र विस्तारमा वामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको घोषणापत्रमा समावेश गरिएको छ । यस्तै पूर्वपञ्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्ग देखि रसुवागढी काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने, हिमाली जिल्ला सदरमुकामलाई चार लेनका सडकमार्फत चीनको सीमानामा जोड्ने, हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्गलाई चार लेनको बनाएर सञ्चालन गरिने घोषणा पत्रमा उल्लेख छ ।
‘आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिनेछ । यसै अवधिमा रसुवागढी–काठमाडांै–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिनेछ । आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरूमा आवश्यक गतिको रेल सञ्चालन गरिनेछ’ संयुक्त घोषणापत्रमा उल्लेख छ, ‘काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाइनेछ । काठमाडौंलगायत अन्य मुख्य सहरहरूमा सम्भाव्यता हेरी मेट्रो र मोनोरेल, ट्राम र अत्याधुनिक सार्वजनिक यातायात सञ्चालन गरिनेछ ।स्थानीय तहमा चक्रपथको सम्भाव्यता अध्ययन गरी निर्माण आरम्भ गरिनेछ ।’
राजधानी काठमाडौंलाई छिमेकी देशका रेलमार्गसँग जोड्ने र राजधानीसँग सबै प्रदेशका केन्द्रहरुलाई द्रूतमार्गले जोड्ने प्रण घोषणा पत्रमा गरिएको छ । ‘राजधानी काठमाडौंलाई छिमेकी मुलुकका रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रहरूसँग द्रुतमार्गहरूद्वारा जोडिनेछ । प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश केन्द्रहरूलाई जिल्ला सदरमुकाम तथा स्थानीय तहका केन्द्रसँग आधुनिक यातायात सञ्जालद्वारा जोडिनेछ’ घोषणा पत्रमा उल्लेख छ ।

घोषणापत्रको पूर्णपाठः

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७