समाज कल्याण परिषदका सदस्य सचिव भट्ट भ्रष्टाचार आरोपमा निलम्बित


२३ श्रावण २०७५, बुधबार
Dilli Prasad Bhatta

काठमाडौं २३ साउन । समाज कल्याण परिषदका सदस्य सचिव डिल्लीप्रसाद भट्टलाई भ्रष्टाचार आरोपमा निलम्वित गरिएको छ ।

Dilli Prasad Bhatta

भ्रष्टाचार आरोपमा निलम्बित समाज कल्याण परिषदका सदस्य सचिव डिल्लीप्रसाद भट्ट । तस्विर : गुगल

महिला, बालबालिका तथा समाजकल्याण परिषदले मंगलबार भट्टलाई निलम्बन गरेर सदस्य सचिवको जिम्मेवारी बीरबहादुर राईलाई दिएको छ । राई मन्त्रालयको सहसचिव हुन् । भट्टमाथि सदस्य सचिव पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी परेको र त्यसबारे छानबिन भइरहेको परिषद स्रोतले जानकारी दिएको छ ।

भट्टले दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिएको, परिषदका कम्प्युटर, फ्रिज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेकोलगायतका उजुरी मन्त्रालयमा परेको छ ।

महिला बालबालिका मन्त्रालय मन्त्रालय मातहत भए पनि समाजकल्याण परिषद आकर्षक र शक्तिशाली मानिन्छ । राजनीतिक नियुक्ति, अर्बौं बजेट भएका आइएनजीओ र एनजीओहरूको अनुगमन, नियमन तथा कार्यक्रम स्वीकृति परिषदले गर्दछ । यसैगरी परिषद् मातहत रहेको भौतिक संरचनामा चलखेल गर्न पाइने र कार्यकर्ता भर्ती गर्न पाइने भएकाले परिषदको जिम्मेवारी आकर्षण मानिने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७