मस्त निदाइरहेका बेला पहिरोले पुरेर बालकको मृत्यु


२३ श्रावण २०७५, बुधबार
death मृत्यु
फाइल तस्बिर

काभ्रेपलाञ्चोक, २३ साउन । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्कमा माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

death मृत्यु
फाइल तस्बिर

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार आज बिहान करीब २ बजेको समयमा खसेको पहिरोमा परी मृत्यु हुनेमा डेढ वर्षका बालक दीपक तामाङ रहेका छन् ।

माथिबाट खसेको पहिरोले घरभित्रै पुरिएर हेमबहादुर तामाङ र उनकी श्रीमती सीतामाया तामाङ घाइते भएका छन् । पहिरोले दुई वटा टिनको टहरा समेत बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७