उपाध्यक्षको राजीनामा माग्दै जनप्रतिनिध नै अनसनमा


२३ श्रावण २०७५, बुधबार
gaupalika1

पर्वत, २३ साउन । पैंयुँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनसन बसेका छन् ।

gaupalika1

गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनसन शुरु गरेका हुन् । वडाध्यक्ष महेन्द्र श्रेष्ठलाई बिना कारण स्पष्टिकरण सोध्ने र पद रिक्त गराउने कोशिस गरेको भन्दै उपाध्यक्ष गुरुङको राजीनामा माग गरिएको छ । वडाध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न जापान गएको बेला गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुरुङले ‘लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’ ब्यहोरासहित सात दिने स्पष्टिकरण सोधेपछि बिबाद भएको हो । कार्यवाहक अध्यक्ष गुरुङले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिनभित्र स्वयं उपस्थित भएर स्पष्टिकरण दिने पत्र पठाएकी थिइन् ।

वडाध्यक्ष श्रेष्ठले गएको जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवाहक दिएर जापान गएका थिए । कार्यवाहक दिएको बारे श्रेष्ठले गाउँपालिकामा लिखितपत्र समेत दर्ता गराएका थिए । ‘मैले कार्यवाहक दिएर परिवारका सदस्य भेट्न जाँदा पदबाट हटाउने षड्यन्त्र भयो’, श्रेष्ठले भने, ‘षडयन्त्रपूर्वक गरिएको यस्तो कामका लागि उपाध्यक्षले राजीनामा दिनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७