निमित्तका भरमा चलेको मालपोत कार्यालयमा कार्यालय प्रमुख पठाइयो


२३ श्रावण २०७५, बुधबार
मालपोत कार्यालय चावहिल

 काठमाडौं, २३ साउन । भूमिब्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले पद बहाली गरेको ३ दिनमै मालपोत कार्यालय चावहिलमा कार्यालय प्रमुखमा उपसचिव कमल तिमल्सिनालाई खटाएकी छिन् ।

मालपोत कार्यालय चावहिल

चावहिल मालपोत कार्यालय गतबर्षदेखि शाखा अधिकृत बद्रीबहादुर कार्कीले चलाउँदैआएका थिए । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सिधै कामु प्रमुखका रुपमा चावहिल मालपोत कार्यालयमा सरुवा भएका थिए । उनलाई तत्कालीन अख्तियार प्रमुख दीप बस्नेतले चावहिल मालपोत कार्यालयमा खटाएको चर्चा चलेको थियो ।

उपसचिवको दरबन्दी भएको चावहिल नापी कार्यालयमा बस्नेतकै दबाबमा उनलाई भूमि ब्यवस्था मन्त्रालयले खटाएको थियो । उपसचिव हुँदाहुँदै उनलाई सरुवा गरिएको थियो । प्रदेशमा कर्मचारी खटाउँदा पनि उनको सरुवा भएको थिएन । चावहिल मालपोत प्रमुखमा जान उपसचिवहरुबीच छिनाझप्टी हुने गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७