वैदेशिक रोजगार प्रवर्धन बोर्डको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त


२३ श्रावण २०७५, बुधबार
board AkRXgiukYa

काठमाडौं, २३ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकमा राजन श्रेष्ठलाई नियुक्त गरेको छ ।

board AkRXgiukYa

मन्त्रालयद्वारा गठित सिफारिस समितिको सिफारिसका आधारमा साउन २० मा बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि मन्त्रालयअन्तर्गत स्विस सरकारको सहयोगमा सञ्चालित सामी परियोजनामा कार्यक्रम अधिकृत थिए । श्रम मन्त्रालयबाट मंगलबार नियुक्तपत्र लिएका श्रेष्ठले बुधबारदेखि कार्यभार सम्हालेका छन् ।

बोर्डका प्रमुख कार्यकारीका लागि ५ जनाको आवेदन परेको थियो । प्रतिष्पर्धामा सबैलाई पछि पार्दै श्रेष्ठ पहिलो नम्बरमा छनोट भएका हुन् । मन्त्रालयले कार्यकारी निर्देशकका लागि स्नातक तह उत्तीर्ण गरी सरकारी वा गैरसरकारी क्षेत्रमा ७ वर्षभन्दा धेरै काम गरेको अनुभव भएका व्यक्तिले प्रतिष्पर्धा गर्न पाउने व्यवस्था छ ।

बोर्डका कार्यकारी पदको कार्यकाल ४ वर्षको हुन्छ । वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्ने, सुरक्षित, व्यवस्थित र मयार्दित बनाउने तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण गर्ने जिम्मेवारी बोर्डका कार्यकारी निर्देशकलाई हुन्छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७