यो हो सामान्य आय भएका नेपालीले चढ्न सक्ने शानदार गाडी, चाहिंदैन एकमुष्ट रकम


२३ श्रावण २०७५, बुधबार
datson

काठमाडौं, २३ साउन । सरर आफ्नै गाडीमा चढेर शयर गर्नु धनाढ्यका लागि मात्र हो भनेर मन सानो बनाउने हामी धेरै छौं । गाडी चढ्नु भनेको बिलासिता र धनी–मानिका लागि मात्र हो भनेर बुझ्न हामी धेरैको आम प्रवृति हो । हुन पनि हो न्यून आय भएकाले निजी गाडीको सपना देख्न नसक्नु पनि स्वभाविकै हो ।

datson

तर, गाडीको निर्माण सबै धनी वर्गलाई मात्र लक्षित गरेर निर्माण भएका छैनन् । अहिले मध्यय आयका व्यक्तिको गोजीको अड्कल गर्दै गाडी निर्माता कम्पनीले कम मूल्यमै शानदार गाडीहरु बजारमा ल्याइरहेका छन् । मध्यम आयका मानिसको आवश्यकता र रहरलाई सम्बोधन गर्दै डाट्सनले गाडी प्रयोगमा सुनिने गरेको परिभाषालाई परिमार्जन गर्न कोशिस गरेको छ । त्यसको उदाहरण हो डाटसन रेडी–गो ०.८ ।

‘डाटसन रेडी–गो ०.८ लिटर नेपाली बजारमा भित्रिएसँगै आक्रामक व्यापार गर्न सफल भएको कम्पनीको दावी छ । डाट्सनको रेडी–गो ०.८ लिटर सोही कम्पनीकै अरु गाडीको तुलनामा पनि धेरै विक्री हुने गरेको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पका पर्चेज डिभिजनका सिनियर म्यानेजर दिपेन प्रधान बताउँछन् । डाट्सनको रेडी–गो ०.८ को मूल्य यही सेग्मेन्टमा प्रतिष्पर्धी ब्राण्डका गाडीको तुलनामा निकै कम रहेको उनको दाबी छ ।

तीन वटा भेरियन्टमा यो गाडी उपलव्ध छ । कम्पनीले ‘डि’ भेरियन्टको मूल्य १५ लाख २५ हजार, ‘टि–ओ)’ को १८ लाख ४५ हजार र ‘एस’ को १९ लाख २५ हजार रुपैयाँ निर्धारण गरेको छ । ‘डि’ भेरियन्टका गाडी नन् अप्सनमा मात्र उपलब्ध छ भने ‘टि–ओ’ मा एयर कन्डिस्नर, पावर स्टेरिङ, पावर विण्डो, म्युजिक सिस्टम उपलव्ध छ । ‘एस’ भेरिएन्टमा एयर कन्डिस्नर, पावर स्टेरिङ, पावर विन्डो, म्युजिक सिस्टम, सिङ्गल एयर ब्याग, डे टाइम रनिङ ल्याम्प लगायतका फिचर्स समावेश छन् ।
८ सय सिसी इन्जिन क्षमताको यो गाडीले ५ हजार ६ सय ७८ आरपिएममा ५४ पिएस उच्च शक्ति र ४ हजार ३ सय ८६ आरपिएममा ७२ एनएम उच्च टर्क उत्सर्जन गर्छ । यसको ग्राउण्ड क्लियरेन्स यो सेग्मेन्टमा सबैभन्दा धेरै रहेको प्रधानको दाबी छ। यसको न्यूनतम ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर रहेको छ । यो आरामदायी हुनुको साथै पार्किङ गर्न र गल्लीमा चलाउन पनि त्यति गाह्राे नहुने कम्पनीले जनाएको छ ।

निसानको टेक्नोलोजीमा बनेको हुनाले यसको इन्जिन पनि निकै बलियो रहेको प्रधानले दाबी गरे । यसको एरोडाइनामिक लुक्सको कारण हावाले कम अवरोध गर्ने र फ्युल इकोनोमी धेरै हुने प्रधानले बताए। यसले शहरी क्षेत्रमा १५ र हाइवेमा १९ किलोमिटर माइलेज दिने उनको दाबी छ । कम्पनीले बिक्रीपछिको सेवाको लागि कुनै सम्झौता नगरेको प्रधानको भनाइ छ ।

‘यसको स्पेयर पार्टस् प्रतिष्पर्धीको भन्दा निकै सस्तो छ र हामीले प्रयाप्त मात्रामा ल्याएका छाैं’ प्रधानले भने । यसको सर्भिसिङ शुल्क अन्य प्रतिस्पर्धी गाडीको तुलनामा न्यून रहेको छ । यसलाई ६ महिना अथवा ५ हजार किलोमिटरमा सर्भिसिङ गर्नुपर्ने र एक पटक गर्दा धेरैमा ३ हजार रुपैयाँ मात्र लाग्ने प्रधानले दाबी गर्छन् । यो सिल्भर, ग्रे, रातो, हरियो र सेतो गरी ५ वटा रङ्गहरुमा उपलब्ध छ । डाट्सनको गाडी खरिद गर्दा मोडल हेरेर ७५ हजार देखि १ लाख ५० हजारसम्म छुट पनि दिइने प्रधानले जानकारी दिए । किस्ताबन्दीमा गाडी खरिद गर्नेको लागि कम्पनीले ग्राहकलाई झन्झटमुक्त गर्न आफै बैंकिङको व्यवस्था मिलाई दिने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७