पूर्व प्रधानमन्त्री रजाक अदालतमा, समर्थकले लगाए ‘रजाक अमर रहुन्’ भन्ने नारा


२३ श्रावण २०७५, बुधबार
nabik rajak


एएफपी
क्वालालम्पुर, २३ साउन । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकमाथि अरबौँ अमेरिकी डलर बराबरको रकम अपचलन गरेका नयाँ आरोप लागेको छ । मलेसियामा केही महिना अघि सम्पन्न आमनिर्वाचनको समयमा पनि विपक्षीहरुले यही विषय उठाउँदै आएका थिए ।

nabik rajak
मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित अदालतमा उपस्थित गराइएका उनीमाथि करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डलर) भ्रष्टाचार गरेको आरोप लगाइएको थियो, तर उनले यसलाई अस्वीकार गरेका छन् । आरोप प्रमाणित भएमा उनले १५ वर्ष जेल बस्नुपर्नेछ ।

उनी सत्तामा रहँदा गरेका भनिएका विभिन्न तीन वटा भ्रष्टाचारका मुद्दा उनीमाथि लागेका छन् । उनलाई गत महिना पक्राउ गर्दा नै भ्रष्टाचार गरेर अवैध रकम थुपारेको आरोप लागेको थियो । बुधबारको यो आरोप तिनै आरोपमध्येको एउटा हो ।

पूर्व प्रधानमन्त्री रजाक ६५ वर्षका छन् । गत महिना पक्राउ परेका उनी धराैटीमा छुटेका थिए । 
मलेसियाली सरकारले पनि उनी प्रधानमन्त्री रहँदा उनले नै स्थापना गरेको ‘१ एमडिबी’ नामको आयोजनामार्फत उनले अरबौँ डलर दुरुपयोग गरेको भनी अनुसन्धान गरिरहेको छ ।

बुधबार अदालतमा उपस्थित भएका पूर्व प्रधानमन्त्री रजाकलाई उनीमाथि लगाइएका भनिएका ती तिनवटै विषयका बारेमा के थाहा छ भनेर सोधिएको थियो । बुधबारै उनको मुद्दा अर्को अदालतमा सारिएको छ । उनको मुद्दाको बारेमा आगामी शुक्रबार थप सुनुवाई हुने बताइएको छ ।

उनी अदालतबाट निस्किएपछि उनको दलका समर्थकहरुले नजिब रजाक अमर रहुन् भनेर नाराबाजी गरेका थिए । उनीहरुले रजाकलाई राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको बताएका थिए ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७