६० मेगावाटको ‘त्रिशुली–३ ए’ को ९० प्रतिशत काम पूरा


२३ श्रावण २०७५, बुधबार
trishuli 3a

काठमाडौं, २३ साउन । ६० मेगावाट क्षमताको ‘माथिल्लो त्रिशुली–३ ए’ जलविद्युत आयोजनाको ९० प्रतिशत काम सकिएको छ ।

trishuli 3a

चालु आर्थिक वर्षभित्र आयोजना सम्पन्न हुने गरी काम अघि बढी रहेको आयोजना प्रमुख फडिन्द्र जोशीले जानकारी दिएका छन् ।सिभिल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको जानकारी दिंदै उनले भने, ‘अब इलेक्ट्रोमेकानिकलको काम शुरु हुन्छ ।’ यस्तै बाँधको ४ वटा ढोकामध्ये १, र २ को काम सम्पन्न हुन बाँकी छ । यस्तै भूमिगत विद्युत प्रशारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशुली–काठमाडौं २२० केभी डबल सर्किट प्रशारण लाइनको मातातीर्थमा १ हजार ३०९ मिटर भूमिगत लाइन बनाउनु पर्छ ।

त्यसमध्ये हालसम्म ६३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ । प्रशारण लाइनको काम चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्ल्यूई) ले गरिरहेको छ । चीनको आर्थिक सहयोगमा निर्माण शुरु भएकाले सिभिल, परामर्शदाता र प्रशारण लाइन निर्माणको ठेकेदार चीनियाँ कम्पनीका छन् ।

कूल १२ अर्ब ४२ करोड रुपैयाँमा आयोजनाको सिभिल, परामर्शदाता र प्रसारणलाइन निर्माण सम्पन्नगर्ने लक्ष्य लिएको छ । सन् २०११ म ३५ महिनामा काम सम्पन्न गर्नेगरी चाइना गेजुवा ग्रुप लिमिटेडसँग इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । नुवाकोट र रसुवामा रहेको सो आयोजनाबाट वार्षिक ४८ करोड ९७ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।

गएको असोजमा ४ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको थियो । आउँदो २० महिनामा आयोजनाको काम सम्पन्न गर्ने नयाँ कार्ययोजना तयार पारिएको छ । सन् २०१९ को अप्रिल ३० मा सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको हो । ०७२ बैशाख १२ गतेको भूकम्पपछि जटिल अवस्थामा पुगेको आयोजनाको काम शुरु भएपछि मुख्य संरचनाको काम सकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७