अमेरिका र चीनबीच व्यापारिक युद्ध


२३ श्रावण २०७५, बुधबार
Trump Xi
China’s President Xi Jinping (L) and US President Donald Trump attend a welcome ceremony at the Great Hall of the People in Beijing on November 9, 2017. / AFP PHOTO / NICOLAS ASFOURI

एएफपी
बेइजिङ, २३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीया सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ ।

Trump Xi
 

दुवै मुलुकले व्यापारमा थप कडाई गर्ने धारणा सार्वजनिक गरिरहेको अवस्थामा बुधबार यस्तो विवरण सार्वजनिक भएको छ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनको व्यापारिक तनाबले व्यापार युद्धकै रुप लिने र त्यसले विश्व व्यापारमा असर पार्ने अनुमान गरिएको छ ।

जुलाईमा अमेरिकासँग चीनको व्यापार नाफा २८ अर्ब डलर भएको, जुन गत जुन महिनाको २८.९ अर्बभन्दा केही कमी हो । अमेरिकासँग चीनको व्यापार असन्तुलन नै ट्रम्पको सबैभन्दा ठूलो टाउको दुखाईको विषय हो । ट्रम्पले चीनले छलकपटपूर्ण अभ्यास गरेको, अमेरिकी रोजगारी खोसेको र प्रविधि चोरी गरेको आरोप लगाउँदै आएको छ ।

चीनको विश्वव्यापी व्यापारमा पनि कमी आएको छ । आयात र निर्यात बढेपनि जुन महिनामा ४१.५ अर्ब डलर रहेकोमा जुलाईमा २८ अर्ब डलर भएको छ । चीनको अमेरिकासँगको व्यापार असन्तुलनमा कमी आएपनि ट्रम्पसँगको तनाब कम हुने देखिन्न । जुलाई ६ मा ह्वाइट हाउसले अमेरिका प्रवेश गर्ने ३४ अर्ब मूल्य बराबरका चिनीया उत्पादनमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । बेइजिङले पनि यस्तै कम चालेको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार, अगष्ट २३ बाट चीनबाट आयात गरिने १६ अर्ब डलर बराबरका सामानमा अतिरिक्त २५ प्रतिशत कर लगाइनेछ । ट्रम्प प्रशासनले कर वृद्धि गर्दै जाने अनुमान गरिएको अवस्थामा चीनले पनि प्रतिशोधपूर्ण करवृद्धि योजना अघि सारिरहेको छ । यसबाट पूर्ण व्यापार युद्ध हुने खतरा बढेको छ भने विश्व अर्थतन्त्रमै यसले गम्भीर असर पार्नेछ ।

अमेरिकाले भविष्यमा थप २०० अर्ब डलरका चिनीया सामानमाथि कर लगाउने तयारी थालेको छ ।

ट्रम्पले व्यापार युद्धलाई सहजै जित्न सकिने बताइआउनुभएको छ र चीनले आफ्ना कार्यमा सुधार नगरे सबै चिनीया आयातमा कर लगाउने चेतावनी दिए। उनले यस कार्यबाट ३३५ अर्ब अमेरिकी डलरको व्यापार घाटालाई न्यूनीकरण हुने बताए ।

अमेरिकी उद्योग र किसानहरु यो कदमबाट सर्वाधिक प्रभावमा परेका छन् । ट्रम्प प्रशासनले किसानहरुलाई परेको प्रभाव कम गर्न १२ अर्ब डलरको सहायता गर्ने घोषणा गरिसकेको छ ।

अक्सफोर्डका अर्थशास्त्रीहरुका अनुसार, अमेरिका–चीन व्यापार युद्धले विश्वव्यापी कूल घरेलु उत्पादनमा सन् २०२० सम्ममा करिब ०.७ प्रतिशतले कमी आउनेछ ।

अमेरिकासँगको कर युद्धका बाबजूद जुलाईमा चीनको विश्वव्यापी निर्यात प्रक्षेपण गरेभन्दा बढी १२.२ प्रतिशतले वृद्धि भएको छ र आयातमा पनि अनुमान गरेभन्दा केही बढी अर्थात् २७.३ प्रतिशत भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७