कर्ण शाक्यले फेवातालको जग्गा मिचेको पुष्टि, अधिकांश संरचना फेवाताल किनारमा


२३ श्रावण २०७५, बुधबार
karna sakya resort

काठमाडौं, २३ साउन । पोखराका पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यले फेवातालले रिसार्ट बनाउँदा फेवातालको जग्गा मिचेको पुष्टि भएको छ ।

karna sakya resort

शाक्यले फेवाताल किनारमा बनाएको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका अधिकांश संरचना फेवाताल अतिक्रमण गरेर बनाएको छानविन समितिले जनाएको छ । सरकारले गठन गरेको छानविन समितिले शाक्यको होटलका अधिकांश संरचना फेतावालको ६५ मिटर क्षेत्रभित्रै बनेको निष्कर्ष निकालेको छ । पानी शुद्धिकरणट्यांक, स्वीमिङ पुल, शौचालय, ट्रस, बगौंचा, मुल गेट र पालेघरलगायतका संरचना तालको किनारामा बनेका छन् ।

सर्वोच्चको आदेशअनुसार प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छानविन समितिका अनुसार होटलका दुई वटा भवन मात्रै फेवाताल बाहिर छन् । बाँकी सबै संरचना फेवाताल अतिक्रमण गरेर बनाइएकोे पाइएको छ । समितिले ०३२ सालमा जग्गा नाप जाँच ऐन २०१९ बमोजिम तयार भएको नाप नक्सालाई आधार बनाएको थियो । यसक्रममा १५ मंसिर ०३० को पोखरा नगर विकास योजनामा फेवालगायतका ९ वटा तालको पानीको भाग, सिमसार क्षेत्र र जंगल छुट्याइएको थियो ।

त्यो योजनामा फेवातालको ६५ मिटर २०० फिट भित्रमा कुनै पनि संरचना बनाउन रोक लगाइएको छ । गत वैशाख २१ गते सर्वोच्च अदालतले सो रिसोर्टका भवनहरु फेवालात किनारभित्र पर्ने वा नपर्ने जाँचबुझ गरी दुई महिनाभित्र प्रतिवेदन पेश गर्न आदेश जारी गरेको थियो । यस विषायमा अब ३१ साउनबाट बहस शुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७