निर्वाचन ऐतिहासिक हुने: निर्वाचन आयुक्त यादव


२१ कार्तिक २०७४, मंगलवार

चौतारा: प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते संघीय र प्रान्तीय दुवै निर्वाचन एकैपटक हुन गइरहेकाले यो निर्वाचन विशेष किसिमको हुनुका साथै ऐतिहासिक भएको बताए ।

यादव ayodi yadhab

प्रमुख निर्वाचन आयुक्त डा। यादवले आज सिन्धुपाल्चोकको चौतारामा आयोजित पत्रकार सम्मलेनमा निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण व्यवस्था भइसकेको उल्लेख गर्दै सुरक्षा निकायले आफ्नो कार्यविधि बनाएर अघि बढ्ने हुँदा मतदाताले निर्धक्क भएर मतदान गर्न सक्ने बताए ।

निर्वाचनसम्बन्धी ६७ किसिमका सामग्री जिल्लामा पठाउनुपर्ने भएकाले केही पठाइसकिएको र बाँकी पनि चाँडै नै पठाइने बताए । यसअघि जिल्ला निर्वाचन र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनसम्बन्धी सामग्रीको निरीक्षणसमेत गरेको थियो ।

त्यसैगरी उनले जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाच्न शान्तिपूर्वक ढंगले सम्पन्न गराउन र आचारसंहिता उल्लङ्घनका घटना हुन नदिन निर्देशन दिएको थियो ।

जिल्लामा एक सय ४४ मतदानस्थलमा एक सय ८५ केृन्द्र कायम गरिएको र ३१ केन्द्र संवेदनशील भएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिए ।

सो अवसरमा मतदाता शिक्षकहरुलाई आगामी २५ गतेबाट प्रत्येक वडामा पठाइने जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए । प्रतिनिधि सभा २ र चार प्रदेश सभा रहेको जिल्लामा कुल दुई लाख २६ हजार ५४० मतदाता रहेका छन् ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७