कर्मचारी वर्गलाई खुशीको खबर, बोनस रकम बढ्यो


२३ श्रावण २०७५, बुधबार
Nepalese Rupees

काठमाडौं, २३ साउन । बढ्दो महँगीले जागिरको तलवले घर व्यवहार चलाउन मुस्किल परिरहेको कर्मचारीहरुले गुनासो गरिरहेका बेला कर्मचारीहरुलाई एउटा खुशीको खबर आएको छ ।

Nepalese Rupees

बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत नाफामूलक संगठित संस्थाका सबै कर्मचारीले नाफाबाट पाउने बोनस बढ्ने भएको छ । करका कारण कम्पनीहरुले गरेको नाफाभन्दा केही कम बोनस पाइरहेका कर्मचारीले सर्वोच्च अदालतको फैसलापछि गत आर्थिक बर्षकै नाफाबाट बोनस बढी पाउने भएका हुन् ।

बोनस ऐनमा नाफाको १० प्रतिशत कर्मचारीलाई बाँड्नु पर्ने व्यवस्था छ । तर कर कार्यालयले बोनस छुट्याउँदा नै कर लिन व्यवस्था गरेको थियो । त्यसो हुँदा कर्मचारीले नाफाको ९.०९ प्रतिशत मात्र बोनस पाइरहेका थिए । सर्वोच्च अदालतका न्यायाधिशहरु केदारप्रसाद चालिसे र प्रकाशमानसिंह राउतले त्यसरी कर नलगाई १० प्रतिशत बोनस उपलब्ध गराउन आदेश जारी गरेका छन् । यही आदेशका कारण अबदेखि कर्मचारीले बोनस ऐनमा भएको व्यवस्था अनुसार नै १० प्रतिशत पाउने छन् ।

कर कार्यालयका कारण कर्मचारीले नाफाको ९.०९ प्रतिशत मात्र बोनस पाएपछि पर्सास्थित इन्दुशंकर चिनी उद्योगका कर्मचारीले अदालतमा मुद्दा हालेका थिए । त्यही मुद्दाको फैसला गर्दै ‘ऐनको व्याख्या गर्ने निकाय कर कार्यालय नभइ सर्वोच्च अदालत भएको’ भन्दै १० प्रतिशत नै बोनस उपलब्ध गराउन आदेश जारी भएको थियो ।

अब बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अन्य निजी क्षेत्रका कम्पनी तथा नाफामूलक कम्पनीका कर्मचारीले भएको नाफाबाट १० प्रतिशत बोनस पाउने भएका हुन् । अदालतको आदेशपछि बोनसमा लाग्ने करअघि नाफा १०० रुपैयाँ हुँदा कर्मचारीले १० रुपैयाँ बोनस पाउँछन् । यसअघि ९ रुपैयाँ ९ पैसा पाउँथे । अदालतको ब्याख्यापछि बोनस र नाफामा लाग्ने कर काटेर कम्पनीको नाफा ६३ रुपैयाँ हुन्छ । यसअघि ६३ रुपैयाँ ६३ पैसा हाराहारी नाफा हुन्थ्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७