अब फेसबुक, भाइबर, ट्वीटर चलाउनेहरुले पनि कर तिर्नुपर्ने, कति होला कर ?


२३ श्रावण २०७५, बुधबार
social media logo copyright and logo usage of social media logos and icons

काठमाडौं, २३ साउन । अहिले फेसबुक, भाइबर, ट्वीटर तथा ह्वाट्स एपजस्ता सोसल मिडिया नचलाउने मानिस कमै मात्र छन् । तर, अब तपाई मनखुशी चलाउँदै आएका यी सोसियल मिडिया मन खोलेर चलाउन नपाउने हुनु भएको छ ।

social media logo copyright and logo usage of social media logos and icons

किनकी अब तपाईले यी सोसल मिडिया चलाए वापत कर तिर्नुपर्ने भएको छ । सरकारले अब सोसल मिडियामा पनि कर लगाउने तयारी थालेको छ । अर्थ मन्त्रालयले यस्ता सोसल प्लेटफर्ममा कर लगाउनका लागि गृहकार्य शुरु गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अर्थले आन्तरिक राजश्व विभागलाई यस्ता प्लेटफर्ममा कर लगाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेको राजश्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिएका छन् । दिनहुँ सामाजिक सञ्जालबाट धेरै रकम बाहिरिए पनि नेपालले यसबाट कुनै फाइदा लिन नसकेको नयाँ नीतिगत व्यवस्था गर्न लागेको हो । अब यस्ता सञ्जाल कम्पनीहरू नेपालमै उद्योगका रुपमा दर्ता हुनुपर्ने छ ।

‘मन्त्रालयले सोसल मिडियालाई पनि करको दायराभित्र ल्याउन आवश्यक देखिएकाले करको दायराभित्र पार्न निर्देशन दिएको हो । सरकारले करका नयाँ क्षेत्रहरू पहिचान गरी करको दायरा बढाउन लिएको नीतिसँगै सोसल मिडियामा पनि कर लगाउने तयारी थालेको हो । पछिल्लो समय सामाजिक सञ्जालको उपयोग बढ्दै गएको छ । सोसल मिडियामा कर लगाउनेबारे छलफल शुरु भए पनि कति कर लगाउने भन्नेबारे कुनै छलफल अगाडि बढेको छैन । अहिले कति कर लगाउने भन्नेबारे ठोस छलफल भएको छैन ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मोबाइल सेवा प्रयोग गर्नेको संख्यामा वृद्धि हुँदै ३ करोड २८ लाख २६ हजार ३ सय ८९ पुगेको छ । गत आर्थिक वर्षमा यो संख्या करीब ३ करोडको हाराहारीमा रहेको थियो । प्रायः मोबाइल प्रयोगकर्तामध्ये ६० देखि ८० प्रतिशतसम्मले कुनै न कुनै सोसल मिडिया प्रयोग गर्ने गरेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७