राज्यमन्त्री सरहको सुविधा पाउने संसदको विषयगत समितिमा नेतृत्वका लागि रस्साकस्सी


२४ श्रावण २०७५, बिहीबार

नेपालगञ्ज, २४ साउन । निकै आकर्षक मानिएको संघीय संसदमा गठन भएका १४ विषयगत समितिले काम थालेसँगै समितिको नेतृत्वका लागि रस्साकस्सी शुरु भएको छ ।

samsad bhawan संसद भवनf

सुविधा र शक्तिका हिसावले पनि समिति प्रभावशाली रहेकाले नेतृत्वका आकांक्षी धेरै देखिएका छन् । संसदीय समिति सभापतिले राज्यमन्त्री सरह सुविधा पाउँछन् भने सरकारलाई अनुगमन र निर्देशन दिन्छन् ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बाहेक अन्य नौ समिति र राष्ट्रिय सभाका चार गरी १३ वटा समितिको नेतृत्व सत्तारुढ दलले नै राख्ने रणनीतिमा रहेको स्रोतले जानकारी दिएका छ । प्रत्येक समितिमा सत्तापक्षकै स्पष्ट बहुमत छ । समितिको सभापति बहुमत प्राप्त उम्मेद्वार विजयी हुने नियमावलीमा व्यवस्था छ ।

दुवै सदनमा गठन हुने विषयगत समितिमा कम्तीमा एक तिहाइ महिला सभापति हुने गरी सभापतिको निर्वाचन गर्नुपर्ने निर्देशन नियमावलीले दिएको छ । त्यसैले प्रतिनिधिसभामा सत्तारुढ दलले कम्तीमा तीन र राष्ट्रिय सभामा एक गरी चार वटा समितिको नेतृत्व महिला सांसदलाई दिनुपर्नेछ हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७