पुनः कोरिया जानेका लागि भदौ ८ देखि भाषा परीक्षा, नयाँको चार अस्पतालमा स्वास्थ्य परीक्षण


२४ श्रावण २०७५, बिहीबार
EPS korea SjiP6NQpzn

काठमाडौं, २४ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनः रोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।

EPS korea SjiP6NQpzn

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले बिहीबार एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जानकारी गराएको छ । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो ।

यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेद्वारका आउँदो भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले जनाएको छ । मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको शाखाका निर्देशक खनालले जानकारी दिएका छन् । गत जेठ २६ र २७ गते लिइएको नवौं चरणको कोरियन भाषा परीक्षामा सात हजार ९९६ जना उतीर्ण भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७