गुट्खा उद्योगमा बम विष्फोट


२४ श्रावण २०७५, बिहीबार
bam bisfot1

कैलाली, २४ साउन । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की बजारमा रहेको देउती गुट्खा उद्योगमा बम विष्फोट गराइएको छ ।

bam bisfot1

बिहीबार विहान करीब ५ बजेको समयमा उद्योगको गेट नजिकै अज्ञात समूहले बम विष्फोट गराएको हो । ठूलो आवाजमा बम विष्फोटन भएपछि आसपासका स्थानीय त्रसित बनेका छन् । विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षति भए पनि अन्य कुनै क्षति नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिएका छन् ।

बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उद्योग सञ्चालक यज्ञबहादुर वलीले अहिलेसम्म कुनै व्यक्ति वा समूहबाट चन्दालगायत आर्थिक सहयोगका लागि कुनै फोन वा पत्र केही पनि नआएको बताएका छन् । यही साउन २ गते पनि उक्त उद्योगमा अज्ञात समूहले २ वटा सकेट बम राखेको थियो । उक्त बमलाई सेनाको निस्त्रिल पारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७