सचिव बढुवादेखि विधेयक पास गर्दै मन्त्रिपरिषदले गर्‍यो यस्ता १३ निर्णय


२४ श्रावण २०७५, बिहीबार
cabinet tnfV5dT2HC

काठमाडौं, २४ साउन । मन्त्रिपरिषदको बुधबार साँझको वैठकले सचिव सरुवादेखि विधेयक पास गर्दै विभिन्न १३ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

cabinet tnfV5dT2HC

मन्त्रिपरिषदले दुई सह–सचिवलाई सचिवमा बढुवा गरेको छ । यस्तै अरु दुई जनालाई कामु सचिवको जिम्मेवारी दिइएको छ । सोही वैठकले ४ वटा बिधेयक पास समेत गरेको छ ।
यी हुन् मन्त्रिपरिषदका १३ निर्णय :-

१) जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको संघीय संसदमा पेश गर्ने ।
२) आवासको अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने ।
३) सामाजिक सुरक्षासम्बन्धी बिधेयक संघीय संसदमा पेश गर्ने ।
४) अपराधबाट पीडितको संरक्षण् सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने ।
५) प्रदेश नम्बर–५ कायममुकायम प्रमुख सचिव तीर्थराज ढकाल र प्रधानमन्त्री कार्यालयका सहसचिव आनन्दराज ढकाललाई सचिव पदमा बढुवा गर्ने ।
६) गृह मन्त्रालका सहसचिव केदार न्यौपानेलाई कायममुकायम सचिवको जिम्मेवारी दिने ।
७) बढुवा भएका तीर्थराज ढकाललाई ५ नम्बर प्रदेशको प्रमुख सचिवमा र आनन्दराज ढकाललाई प्रदेश नम्बर–३ को प्रमुख सचिवमा पदस्थापन गर्ने ।
८) कामु सचिवको जिम्मेवारी दिइएका केदार न्यौपानेलाई प्रदेश नम्बर–१ को प्रमुख सचिवमा पदस्थापन गर्ने ।
९) प्रदेश नम्बर–३ प्रमुख सचिव रश्मीराज पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने ।
१०) नेपाल लेखा परीक्षण सेवाको बिशिष्ट श्रेणीको पदमा राममाया कुँवरको बढुवा गर्ने ।
११) पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका राख्ने ।
१२) आर्थिक वर्ष २०७५–७६ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टर २ हजार ३३१ रुपैयाँ २२ पैसा र मध्यम धानको प्रतिक्विन्टर २ हजार ४६० रुपैयाँ ५७ पैसा तोक्ने ।
१३) साबिकको राष्ट्रिय दलित आयोगको सचिवालयबाट हुँदै आएको जातीय प्रमाणपत्र वितरण र जातीय सिफारिसको कार्य अब सम्बन्धित व्यक्तिको वडा कार्यालयबाट उपलब्ध गराउने निर्णय ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७