अपहरण र इन्काउण्टरको छानविन हुन्छ : गृहमन्त्री थापा


२४ श्रावण २०७५, बिहीबार
badal2

काठमाडौं, २४ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निशान खड्काको अपहरण र हत्यामा संलग्नको इन्काउन्टरको सरकारले छानविन गर्ने बताएका छन् ।

badal2
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ । तस्विर : फाइल

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले बालक अपहरण र हत्यामा संलग्न दुई जनाको इन्काउण्टरबारे छानविन हुने वचन प्रतिवद्धता जनाए ।

११ वर्षीय निशान खड्काको अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिई प्रहरीले भक्तपुरको पाइलटबाबा आश्रम नजिकको जङ्गलमा इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले छानविनको माग गरेपछि गृहमन्त्रीले घटना छानविनका लागि सरकार तयार रहेको बताएका हुन् ।

समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था सिर्जना हुनुको कारणबारे सोधपुछ गर्न महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरेका छन् । प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउण्टरको नाममा उनीहरुको हत्या गरेको भन्दै अहिले प्रहरी प्रशासनको सबैतिरबाट आलोचना भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७