पेस्तोल देखाएर दिनदहाडै लुटियो २५ लाख


२४ श्रावण २०७५, बिहीबार
lutpat pphWt3h71Z
सांकेतिक तस्वीर

सिरहा, २४ साउन । सिरहाको मिर्चैया–कल्याणपुर सडकखण्ड अन्तर्गत मिर्चैया नगरपालिका–३ स्थित तीनगछियाबाट डेढ महिना अवधिमा दुई मनि ट्रान्सफरको रकम लुटिएको छ ।

lutpat pphWt3h71Z
सांकेतिक तस्विर

आज (बिहीबार) मध्यान्ह सिरहा कल्याणपुर नगरपालिका–११ मा सञ्चालित राजाराम सव मनि ट्रान्सफरका सञ्चालक राजाराम साहबाट २५ लाख ६० हजार रुपैयाँ लुटिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहका अनुसार मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट २५ लाख ६० हजार नगद लिएर कल्याणपुर मोटरसाइकलमा जाँदै गरेका साह मिर्चैया–कल्याणपुर सडक खण्ड अन्तर्गत तीनगछियामा लुटिएका हुन् ।

सवा १२ बजेतिर २ वटा मोटरसाइकलमा आएका ४ जना युवाको समूहले साहलाई घेरेर पेस्तोल देखाउँदै नगद लुटेको डिएसपी साहले जानकारी दिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ मा साहको मनि ट्रान्सफर सञ्चालित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७