मन्त्री, मेयर र उपमेयरलाई नेकपाले जिम्मेवारीबाट हटायो


२४ श्रावण २०७५, बिहीबार
nepal cominislist party office

काठमाडौं, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उच्च जिम्मेवारीमा रहेका आफ्नो पार्टीका नेताको पार्टी जिम्मेबारीबाट हटाएको छ ।

nepal cominislist party office

सचिवालय बैठकले उच्च जिम्मेवारीमा रहेका नेतालाई पार्टीको कार्यकारी पद नदिने निर्णय गरेको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले मन्त्री, मेयर, उपमेयर गाउँपालिकाका अध्यक्ष र उपाध्याक्षसम्मलाई कार्यकारी पदको जिम्मेवारी नदिने निर्णय गरेको छ ।

‘संघीय मन्त्री, प्रदेशका मन्त्री, प्रादेशिक दल नेता र उपनेता, संघीय र प्रदेशसभाका प्रमुख सचेत र मुख्य सचेतक र सचेतक, संसदीय समितिका सभापति र महानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, जिल्ला समन्वयन समितिका सभापति र उपसभापति सँगै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई कुनै पनि स्तरको कार्यकारी पद अर्थात् अध्यक्ष र सचिव पदको जिम्मेवारी नदिने निर्णय भएको छ’, बैठकपछि जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि सहज बनाउन यस्तो निर्णय गरेको हो ।’

त्यसैगरी नेकपाले पार्टीको हेडक्वार्टर धुम्बाराहीमा रहने निर्णय गरेको छ भने पेरिसडाँडालाई जनवर्गीय संगठनको कार्यलय बनाउने निर्णय गरेको छ । तत्कालीन एमाले र माओवादी एकता हुनुअघि धुम्बाराहीमा एमाले र पेरिसडाँडामा माओवादीको केन्द्रीय कार्यालय थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७