अपहरणकारी ‘इन्काउण्टर’ मै मारिएका हुन्, ‘फेक’ होइन : गृहमन्त्री थापा


२५ श्रावण २०७५, शुक्रबार
badl

काठमाडौं, २५ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले काठमाडौंको भक्तपुरमा भएको प्रहरी ‘इन्काउण्टर’ फेक नभएको स्पष्ट पारेका छन् ।

badl

काँडाघारीका ११ वर्षीय निशान खड्काको अपहरण र हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर पनि ‘इन्काउण्टर’ का नाममा हत्या गरेको तामाङका परिवारले आरोप लगाईरहेका बेला गृहमन्त्री थापाले उनीहरुको मृत्यु ‘फेक’ नभई ‘इन्काउण्टर’ नै भएको बताएका हुन् ।

चितवनमा आयोजित जुनियर प्रहरी अधिकृतहरुको दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले सरकारले अपहरणकारी र हत्यारालाई २४ घण्टा नबित्दै निस्तेज बनाएको दाबी गर्दै भने ‘प्रहरीसँगको मुठभेडमा मारिएकालाई ‘फेक’ भन्नु घटनालाई अतिरञ्जित बनाउनु मात्र मात्र हो ।’

प्रहरीले सोमबार ११ वर्षीय निशान खड्काको अपहरण र हत्यामा संलग्न गोपाल तामाङ र अजय तामाङलाई भक्तपुरको सूर्यविनायक नजिकको पाइलट बाबा जाने जङ्गल क्षेत्रमा गोली हानेको थियो । यता तामाङ परिवारले भने अजय र गोपालको ‘इन्काउण्टर फेक’ भएको भन्दै मानवअधिकार आयोगमा उजुरी समेत हालेका छन् । गृहमन्त्री थापाले बिहीबार मात्र उक्त घटनाको सरकारले छानविन गर्ने वचन दिएका थिए ।

चितवनकै कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विप्लव माओवादीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अपराध गरेकाले प्रहरीले पक्राउ गरेर कार्वाही थालेको बताएका छन् । उनले आफू गृहमन्त्री भएको र गृहमन्त्रीको काम नागरिकको शान्ति सुरक्षामा खलल पुग्ने गतिविधिहरुको नियन्त्रण गर्नु भएकाले शान्ति सुरक्षा कायम गरायने कुरामा आफू सचेत रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७