‘सहकारीको पूँजी उत्पादनमूलक क्षेत्रमा’


२५ श्रावण २०७५, शुक्रबार
Rss Images 1533877383575 HL Pokhara RSS Press meet minister padma

पोखरा, २५ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताएकी छन् ।

Rss Images 1533877383575 HL Pokhara RSS Press meet minister padma
cgnfO{g kqsf/ ;+3 sf:sLåf/f z’qmaf/ kf]v/fdf cfof]lht kqsf/ e]63f6 sfo{qmddf af]Nb} e”ld Joj:yf, ;xsf/L tyf ul/jL lgjf/0f dGqL kb\df cof{n . t:jL/ xl/ af:tf]nf, kf]v/f, /f;;

अनलाइन पत्रकार संघ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारीको समग्र व्यवस्थापन गर्न आवश्यक कानून निर्माणको तयारी भइरहेको बताइन् ।
महिला र युवालाई लक्ष्य गरी उद्यमशीलताको विकास गर्नु आवश्यक भएको उनको भनाइ थियो ।

मन्त्री अर्यालले उपलब्ध साधन स्रोतको उपयोग गर्दै स्वरोजगारका कार्यक्रम अघि बढाउन सकिने बताएकी छन् । ‘सहकारीमा संकलित सानो पूँँजी समाजको आर्थिक समुन्नतिका लागि महत्वपूर्ण माध्यम बनेको छ’, उनले भनिन्, ‘यसबाट आपसी समझदारी एवं सामूहिक भावनाको विकास हुँदै गएको छ ।’

स्थानीय तह र सहकारीबीच समन्वय आवश्यक भएको औल्याउँदै उनले व्यवहारिकताका आधारमा सहकारीका लागि कर निर्धारण गर्नुपर्ने बताइन् । जग्गाको खण्डीकरणलाई निरुत्साहित गर्दै उत्पादनशील बनाउन आवश्यक रहेको
उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७