मालेका पोलिटब्युरो सदस्य एमालेमा प्रवेश


२१ कार्तिक २०७४, मंगलवार
CPN UML YIdJnFIa3X

काठमाडौँ: नेकपा(माले)का पोलिटब्युरो सदस्य रामचन्द्र बलामीसहित ३० जना नेता तथा कार्यकर्ता नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।CPN UML YIdJnFIa3X

मंगलबार साँझ यहाँ आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ९माले०का केन्द्रीय सदस्य भरतमणि ज्ञवाली, सो पार्टीको मजदुर संगठनको केन्द्रीय अध्यक्ष नरबहादुर थापालगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएको छ ।

ज्ञवाली गुल्मी क्षेत्र नं १ मा नेकपा ९माले०कातर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फका उम्मेदवार छ । सो अवसरमा अध्यक्ष ओलीले वाम गठबन्धनलाई समृद्ध र प्रभावकारी बनाउने एकता प्रक्रियामा यसले सहयोगी हुने बताए ।

मालेका पोलिटब्युरो सदस्य बलामीले बृहत् वामपन्थी एकताका लागि प्रयास गर्दा मालेको नेतृत्व तयार नभएकाले आफूहरु बृहत् वाम एकतामा आएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७