सीमा नाकामा सहायता कक्ष स्थापना गर्न भारत सहमत


२५ श्रावण २०७५, शुक्रबार
boarder

काठमाडौं, २५ साउन । चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सीमा नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ ।

boarder
फाइल तस्विर

भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सीमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् ।

हातहतियार, लागू औषध ओसार–पसार तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका निम्ति दुवै सुरक्षा बलले संयुक्त रुपमा गस्ती गर्न र जनमैत्री व्यवहारका निम्ति सुरक्षा कर्मचारीलाई तालीमको व्यवस्था गर्न पनि दुवै देश सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ । उच्च नेतृत्व र कार्यक्षेत्रमा खटिएका अधिकारीबीच नियमित छलफल तथा अनुगमन गर्न पनि दुवै देशका सुरक्षा बल सहमत भएका छन् । चौथो परामर्श बैठक अर्को वर्ष नेपालमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७