नीलकण्ठ राजदूत नबन्ने निश्चित, प्रमाणीकरण भएन सिफारिस


२५ श्रावण २०७५, शुक्रबार
Nilakantha upreti 20180716094811

काठमाडौं, २५ साउन । भारतका लागि राजदूत सिफारिस भएका पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती अन्ततः राजदूत नबन्ने निश्चित भएको छ ।

Nilakantha upreti 20180716094811
भारतीय राजदूतका लागि सिफारिस गरिएका पूर्व निर्वाचन आयुक्त नीलकण्ड उप्रेती । तस्विर : फाइल

मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण नभएपछि उप्रेती राजदूत बन्ने सम्भावना टरेको छ ।
असार ३२ को मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय सार्वजनिक भए लगत्तै सत्तारुढ नेकपाभित्र तीब्र असन्तुष्टिका स्वर सुनिन थालेको थियो । आफ्नै पार्टीका नेताहरुको दवावपछि प्रधानमन्त्री केपी शर्मा ओली उप्रेतीको नाम अघि नबढाउने निक्र्योलमा पुगेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीकै निर्देशनमा मुख्यसचिव लोकदर्शन रेग्मीले निर्णय प्रमाणीकरण गर्ने बेला उप्रेती र मलेसियाका लागि सिफारिसको निर्णग गरिएका उदयराज पाण्डेलाई मलेसिया दुवै नाम हटाएका हुन् । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेवसाइटमा राखिएको असार ३२ गतेका निर्णय सूचीमा राजदूतबारे गरिएको निर्णय राखेको छैन ।

बैठकले ६१ वटा निर्णय गरेकोमा ६० वटाको मात्र सूची प्रकाशित गरेको छ । ‘मन्त्रिपरिषद्ले गरेको निर्णय त्यस दिन सार्वजनिक भएको हो तर अहिले प्रमाणीकरणमा त्यो निर्णय आएन’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘यसको अर्थ उक्त निर्णय अब कार्यान्वयन हँुदैन भन्ने हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७