नक्कली प्रमाणपत्रकै भरमा सिआइबीको जागिर र बढुवा, यसरी खुल्यो रहस्य


२५ श्रावण २०७५, शुक्रबार
cib logo

काठमाडौं, २५ साउन । नक्कली शैक्षिक प्रमाणपत्रले नयायालय समेत मुछिइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) मा पनि नक्कली प्रमाणपत्रको भरमा जागिर खाएर बढुवा समेत भएको खुलासा भएको छ ।

cib logo

सिआइबीमा कार्यरत प्रहरी हवल्दार सन्जीवविक्रम शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले भारतको एमजी इन्टर कलेज गोरखपुरबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भन्दै प्रमाणपत्र पेश गरी हवल्दारमा बढुवा भएका थिए ।

शाहविरुद्ध अख्तियारमा उजुरी परेको थियो । आयोगले छानबिन गर्दा उनले त्यो कलेजमा अध्ययन नै नगरेको खुलेको छ । आयोगले गत बुधबार मात्र उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत सइ राजेशकुमार चौधरीविरुद्ध मुद्दा दायर गरेको थियो । उनले भर्ना हुँदा नै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७