पाँचथरका गाउँपालिका अझैं बैंकविहीन


२५ श्रावण २०७५, शुक्रबार
Bank.jpj karja prabaha

–सागर सुस्केरा
फिदिम, २५ साउन । संघीय संरचना अन्तर्गत नगर तथा गाउँपालिका बनेको २ वर्ष बितिसक्दा समेत गाउँपालिकाहरुमा बैंक स्थापनाहुन सकेका छैनन् ।

Bank.jpj karja prabaha

पाँचथरका सात गाउँपालिका र एक नगरपालिकामध्ये दुई गाउँपालिका अझैं बैंकविहीन छन् । नेपाल राष्ट्र बैंकले गत वर्षको भदौंमा नै स्थानीय तहरुमा ‘क’ वर्गको बैंकको शाखा विस्तार गर्ने निर्देशन दिए पनि पाँचथरका फालेलुङ र तुम्बेवा गाउँपालिकामा अझै बैंक पुग्न सकेका छैनन् । स्थानीय तहमा बैंकका शाखा स्थापना नहुँदा कार्यालयका कामकाजहरु र सर्वसाधारणका दैनिक कारोबार गर्न घण्टौं यात्रा गरेर जिल्ला आउनु पर्ने बाध्यता छ । फिदिम नगरपालिकामा भने दुई दर्जन बढी बैंकका शाखाहरु छन् ।

शिक्षक, कर्मचारीको तलब तथा अन्य विकास निर्माणका योजनाहरुको रकम निकासा र भुक्तानीका लागि विद्यायलमा बिदा लेखेरै सदरमुकाम धाउनु पर्ने वाध्यता रहेको सिद्धदेवी मावि फालेलुङ का प्रधानाध्यापक सुरेन शिशिर केरुङ बताउँछन् । बैंकको शाखा स्थानीय तहमा सञ्चालन नहुँदा सर्वसाधारण र गाउँपालिकाको आर्थिक कारोबार गर्न जिल्ला सदरमुकाम नै धाउनु पर्दा यहाँका स्थानीयले मुलक संघीय संरचनामा गएको महसुस गर्न पाइरहेका छैनन् ।

स्थानीय तहमा सञ्चालन हुने साना–ठूला आयोजना र परियोजनाको कारोबार गर्न पनि सदरमुकाम आउँदा, जाँदा र खाना बासमा नै खर्च बढी हुने फालेलुङ–७ का सुजन आङ्बो बताउँछन् । गाउँपालिकामा हुने योजना तथा कर्मचारीहरुको तलब, राजश्व जम्मा जस्ता काम गर्न सदरमुकाम धाउनु पर्दा सेवाग्राहीहरुलाई सेवाप्रवाह गर्न कटिन हुने गरेको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापा बताउँछन् ।

फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङ अब केही समयभित्र नै प्राइमको शाखा कार्यालय गाउँपालिकामा स्थापना हुने बताउँछन् । गाउँपालिकामा बैंक स्थापना नहुँदा सर्वधारण मारमा परेको अध्यक्ष केरुङको भनाई छ । यता दुर्गम क्षेत्र भएका कारण सामग्री लैजान र सुरक्षाको कुराले पनि तत्काल बैंकको सेवा गाउँ पु¥याउन असहज रहेको बैंकहरुले बताउँदै आइरहेका छन् । नेपाल बैंकको शाखा कार्यालयले फिदिमबाट कारोबार गर्दै आइरहेको छ ।

याङवरक गाउँपालिकामा सप्तकोशी डेभलप्मेन्ट बैंक र सिभिल बैंक, हिलिहाङ गाउँपालिकामा सिभिल बैंक, कुम्मायकमा मेघा बैंक लिमिटेड, फाल्गुनन्दमा नेपाल इन्भेष्टमेन्ट बैंक लि. र मिक्लाजुङ गाउँपालिकामा कृषि विकास बैंक र गोर्खा विकास बैंक तथा फिदिममा दुई दर्जन बैंकका शाखाहरु छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७