अब १८ वर्षभन्दा कम उमेरका महिलासँग यौन सम्बन्ध बनाए बलात्कारको मुद्दा


२५ श्रावण २०७५, शुक्रबार
youn

काठमाडौं, २५ साउन । पछिल्लो समय नेपालमा पनि यौन हिंसा तथा बलात्कारका मुद्दाहरु बढिरहेका छन् ।

youn

चार–पाँच वर्षका बालिकादेखि वृद्धाहरु समेत बलात्कारको शिकार बनिरहेका छन् । यता नेपाली समाजमा भने यौन सम्बन्धका लागि कम उमेरका महिलाहरुप्रति गिद्देनजर लगाउने पुरुषहरु पनि कम छैनन् । तर, अब यस्ता पुरुषहरु कानूनको फन्दामा पर्ने भएका छन् । भदौ १ गतेदेखि लागू हुने मुलुकी ऐन नयाँ ‘मुलुकी संहिता’ व्यापक हेरफेर भएको छ । नेपालको पारिवारिक कानूनमा समयसापेक्ष सुधार गर्नका लागि नयाँ कानून ल्याउन लागिएको भनिए पनि कतिपय नयाँ सामाजिक मान्यतालाई भने नयाँ मुलुकी संहिताले पनि सम्वोधन गर्न सकेको छैन ।

पूरानो मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्ती करणी ठहरिने प्रावधान थियो । तर, १६ वर्षमाथिका महिलासँग राजीखुशीमा यौन सम्बन्ध राखेको अवस्थामा जबरजस्ती करणी नमानिने पूरानो मुलुकी ऐनले व्यवस्था गरेको थियो । तर, अब भदौ १ देखि लागू हुने नयाँ व्यवस्थाले १६ वर्षमाथिका युवतीसँग पनि राजीखुशीमा राखिने यौन सम्बन्धलाई पनि बलात्कार मान्ने छ । अब नयाँ व्यवस्था अनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग राजीखुशीले पनि यौन सम्बन्ध राख्नु बलात्कार ठहरिने छ ।

नेपाली समाजमा १६ वर्ष कटेका किशोर किशोरीहरुले राजीखुशीमा यौन सम्बन्ध राख्ने क्रम बढिरहेको विभिन्न अध्ययनहरुले देखाउने गरेका छन् । तर, नयाँ मुलुकी ऐनले समाजमा देखिएको यौनिक उदारतालाई केही कसिलो बनाउने प्रयास गरेको छ । भदौ १ देखि लागू नयाँ पारिवारिक कानूनले विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ । तर, ऐनले राजीखुशीको यौन सम्बन्धलाई बलात्कार नमानिने उमेर हद १८ वर्षभन्दा माथिलाई मानेको छ ।

यो बीचको ग्यापमा रहेको उमेर समूह १८–२० वर्षले आपसी सहमतिमा राख्ने यौन सम्बन्ध न बलात्कार ठहरिन्छ, न त त्यसले विवाहका रुपमा बैधानिकता नै पाउँछ । पूरानो मुलुकी ऐनले १६ वर्ष कटेपछि सहमतिमा राखिने यौन सम्बन्धलाई कडाइ गरेको थिएन । तर, नयाँले भने १६ वर्ष माथिकालाई पनि कडाइ गरिदियो । ऐनमा गरिएको यो परिवर्तनलाई सकारात्मक मान्ने कि बन्धन रु यो त्यही किशोर–किशोरी पुस्ताले जान्ने कुरा हो, जसले यौन स्वच्छन्दता खोजिरहेका छन् ।

तर, यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने विदेशमा पनि सहमतिको यौन सम्बन्धका लागि मान्यता पाउने उमेर १८ वर्षभन्दा माथि नै हो । यस अर्थमा नयाँ संहिताले अन्तर्राष्ट्रिय ‘स्टाण्डर्ड’ कायम गर्न खोजेको तर्क कतिपय कानूनविदहरुको छ । नयाँ कानून संहिताले कुनै पुरुष र महिलाीचको शारीरिक सम्बन्धबाट सन्तान जन्मिएमा उनीहरुवीच विवाह भएको मानिने छ भनेको छ ।

त्यसैगरी लोग्ने वा श्रीमतीले परस्त्री वा परपुरुषसँग यौन सम्पर्क राखेको प्रमाणित भएमा सम्बन्धविच्छेद गर्न पाउने प्रावाधान मुलुकी संहितामा छ । तर, नेपाली समाजमा मौलाउँदै गएको लिभिङ टुगेदरका विषयमा भने नयाँ मुलुकी ऐनले सम्वोधन गरेको छैन । तथापि यौन सम्बन्धबाट सन्तान जन्मिएमा विवाह भएको मानिनेसम्म भनिएको छ । बच्चा नजन्मिएको अवस्थाको लिभिङ टुगेदरबारे कानून पूर्णतः छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७