अब पार्ट टाइम कैद भुक्तान गर्न पाइने


२५ श्रावण २०७५, शुक्रबार
jel 1

काठमाडौं, २५ साउन । कैद भन्ने वित्तिकै कारागार परेपछि तोकिएको म्यादसम्म लगातार बस्नु पर्छ । तर, अब २४ सै घण्टा जेलभित्र बस्नुपर्ने अवस्था भदौ १ गतेदेखि अन्त्य हुने भएको छ ।

jel 1
सांकेतिक तस्विर

भदौ १ गतेदेखि लागू हुने फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ ले शनिबार वा राति मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने व्यवस्था गरेको छ । ऐनको दफा २७ मा सप्ताहको अन्तिम दिन वा रात्रिकालीन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने बारे उल्लेख छ । एक वर्षसम्म कैद निर्धारण भएको कसुरदारले मात्र यस्तो सुविधा पाउने छन् ।

‘गरेको कसुर, उमेर, कसुरको गम्भीरता, कसुरको शैली र आचरण समेतलाई विचार गर्दा नियमित रुपमा कैदमा राख्न उपयुक्त नदेखिएमा सोको कारण खोली अदालतले सप्ताहको अन्तिम दिन मात्र वा दैनिक रुपमा रात्रिकालीन समयमा मात्र कारागारमा बस्न पर्ने गरी कैद निर्धारण गर्न सक्नेछ’ उपदफा १ मा उल्लेख छ ।

यस्ता कसुरदारले पाउँदैनन् यो सुविधा
(क) कर्तव्य ज्यान
(ख) जवर्जस्ती करणी
(ग) मानव बेचबिखन तथा ओसारपसार
(घ) हातहितार, खरखजाना तथा विष्फोटक पदार्थ
(ङ) भ्रष्टाचार
(च) शरीर बन्धक लिने वा अपहरण गर्ने
(छ) डाँका
(ज) खोटा टक वा खोटा टिकट चलन
(झ) विदेशी विनिमय
(ञ) लागू औषधको सेवन बाहेकका सो सम्बन्धी अन्य कसुर
(ट) प्राचीन स्मारक सम्बन्धी
(ठ) वन तथा वन्यजन्तु सम्बन्धी ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७