जहाज पार्किङस्थल निर्माणमा लापरबाही


२२ कार्तिक २०७४, बुधबार
airport B

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अस्थायी पार्किङस्थल निर्माणमा चरम लापरबाही भएको पाइएको छ। विमानस्थल कार्यालय अन्तर्गत रहेको विमानस्थल सञ्चालन शाखाको अनुरोधमा निर्माण भएको अस्थायी पार्किङमा जहाज राख्नासाथ पिच (कालोपत्रे) भत्कने गरेको छ। पिच पटकपटक भत्कन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारी बोलाएर छलफल समेत गरिसकेको छ। आजको अन्नपूर्ण पाेष्टमा खबर छ । airport B

एक पटक जहाज पार्किङ गरेर बाहिर निकाल्ना साथ पुनः पिच गर्नु पर्ने अवस्था सिर्जना भएको विमानस्थल कार्यालयका कर्मचारी बताउँछन्। विमानस्थल कार्यालय इन्जिनियरिङ माहाशाखाले करिब १५ लाख लगानीमा केही समय अगाडि निर्माण गरेको अस्थायी पार्किङको पिचमा समस्या देखिएको हो।

कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले पिचमा समस्या देखापरेको स्वीकार गरे। तर, निर्माण जिम्मा पाएको महाशाखा प्रमुख मुरारी भन्डारीले भने ओभर लोडका कारण पिच भत्किएको दाबी गरे। निर्माण भएलगतै महाशाखाले कार्यालयलाई साना जहाज मात्रै पार्किङ गराउन भन्दै पत्रचार गरेको उनको भनाइ छ। तर, पछिल्लो सयम श्री एयरलाइन्सले ल्याएका तीनवटा जहाज त्यही ठाउँका पार्किङ गर्दा समस्या आएको उनको भनाइ छ। महाशाखाले अस्थायी रूपमा निर्माण गरेको पार्किङमा चार सेन्टिमिटर पिच हालेको दाबी गर्छ। साना र ट्विनटर जहाज मात्रै पार्किङ गर्न बनाएको ठाउँमा ५० देखि ७२ सिट क्षमताको सीआरजे जहाज राख्दा समस्या आएको उनको तर्क छ।

असोज २६ गते पनि माहाशाखले त्यो ठाउँमा ठूला जहाज नराख्न भन्दै पत्रचार गरे पनि लागू हुन नसेको जानकारी दिए। माहाशाखाले त जहाज पार्किङमा समस्या आएपछि अस्थायी पार्किङ निर्माण गरेको हो। त्यो पुनः भत्काउनु पर्ने हुँदा त्यसमा बढी खर्च गर्न नसकिने माहाशाखाको भनाइ छ।

तर, विमानस्थल कार्यालले भने काममा लापरबाही हुँदा पिच भत्किएको भनिरहेको छ। सडक बोर्डले असारमा बनाएको पिचभन्दा पनि कमजोर पिच भएका कारण समस्या आएको हो। त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजका लागि नौ वटा पार्किङ र अन्तरिक उडानका लागि १७ वटा पार्किङस्थलको व्यवस्था छ।

क्षमताभन्दा बढी लोडका जहाज पार्किङ गराउने अनि काममा लापरबाही भयो भन्दै अरुलाई आरोप लगाउने काम भएको भन्डारीको तर्क छ। पार्किङ निर्माण लागतभन्दा तीन गुना बढी जहाज पार्किङबाट रकम संकल भइसकेको अवस्थामा फेरि काममा लापरबाही भयो भन्नुमा कुनै सत्यता नरहेको भन्डारी बताउँछन्। अहिले पनि लोडभन्दा बढीकै जहाज अस्थायी पार्किङमा राखेको उनले बताए।

विमान संख्या बढेसँगे पार्किङमा समस्या आएको छ जसका कारण जहाज डिलेको समय ह्वातै बढेको छ। अहिले आन्तरिक उडान गर्ने जहाज संख्या मात्रै ४५ भन्दा बढी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७