परिवारले बुझे प्रहरी इन्काउन्टरमा मारिएका दुईकाे शव


२६ श्रावण २०७५, शनिबार
encounter
फाइल तस्बर ।

काठमाडौं, २६ साउन । काँडाघारीबाट अपहरण गरिएका बालक निशान खड्काका अपरणकारीको शव परिवारले बुझेका छन् । खड्काको अपरण गरेर हत्या गरेपछि प्रहरीसँग मुठभेड हुँदा इन्काउन्टरमा मारिएका भनिएका नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङको शव परिवारले बुझेको हो ।

यसअघि परिवार प्रक्राउ गरी अनुसन्धान गर्नुको सट्टा हत्या गरेर ‘इन्काउन्टर’ भनेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको कार्यलयमा उजुरी दिएका थिए ।

उनीहरुको त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्ट गरिएको थियो । अजय र गोपालका मृत्युको कारण ‘बुलेट इन्जुरी’ देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकका अनुसार गोपालको शरीरबाट ३ ओटा गोली निकाले र ११ वटा गोली लागेको बताए । उनको शरीरमा गोलीका कारण १९ ओटा प्वाल परेको भेटिएको छ ।

त्यस्तै अजय तामाङको शरीरमा ४ ओटा गोली लागेको र शरीरका ११ स्थानमा प्वाल परेको पोष्टमार्टमा रिपोर्टमा उल्लेख छ । महानगरीय अपराध महाशाखाले अपहरणकारीसँगको मुठभेडका क्रममा १९ राउण्ड गोली चलेको बताउँदै आएको छ ।

याे पनि पढ्नुहाेस्
प्रहरीमा नयाँ हाकिम आउनासाथ कम्तीमा एक इन्काउन्टर निश्चित
‘मारिएकाको खुट्टामा कसरी चप्पल ?’ कसरी पेन्टर हातमा आयो पेस्तोल ?त्यो एसएमएस !
अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो
यसरी भयो ११ बर्षीय निसानको हत्या, झरीसँगै आँसुको बर्षा
अपहरण र इन्काउण्टरको छानविन हुन्छ : गृहमन्त्री थापा
इन्काउन्टर’मा परेका अपहरणकारीका आफन्त मानवअधिकार आयोग पुगे



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७