शुरु गर्यो चिनियाँ टोलीले रेलमार्गको अध्ययन गर्न
काठमाडाैं : नेपालमा रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको चिनियाँ टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । काठमाडौं आइपुगेको उपमन्त्री झेङ नेतृत्वको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु गरेको हो । आजको कारोबारमा खबर छ ।
जिङ र रेल विभागका प्रतिनिधिहरुको टोलीले रसुवागढीदेखि अध्ययन सुरु गरेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।
केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्गको सम्भाव्यताबारे अध्यन गर्न आएको टोलीले सोमबार भैतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिसँग छलफल गरेको थियो ।