कर्मचारीको अवकास उमेर ६० पुर्‍याउने खेलमा सचिव र सहसचिव


२७ श्रावण २०७५, आईतवार
Karmachari

नुवाकोट, २७ साउन । कर्मचारीको अवकास उमेर ५८ वर्ष कायम हुने हल्ला चलिरहेका बेला बहालवाला सहसचिव र सचिवहरु नै कर्मचारीको अवकास पाउने उमेर ६० पुर्‍याउने खेलमा सक्रिय बन्न थालेका छन् ।

Karmachari

निजामती कर्मचारीको अवकास हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै आइरहेका बेला तिनै कर्मचारीको स्वार्थ अनुरुप संघीय निजामती सेवा ऐनमा अवकास उमेर ६० बर्ष प्रस्तावित गरिएको छ ।

ऐनको धारा ५० मा ६० बर्ष उमेर पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकास पाउने व्यवस्था छ । यसअघि शेरबहादुर देउवा नेतृत्वको पालामा तत्कालीन समान्य प्रशासन मन्त्रालयले बनाएको विधेयकमा कर्मचारीको अवकास उमेर हद ५८ बर्षबाट बढाएर ६० बर्ष बनाउन प्रस्ताव गरिएको थियो ।

विधेयक पुनरावलोकनका क्रममा ६० बर्ष उमेर हदको प्रस्तावलाई हटाएर पुनः ५८ बर्ष नै राखिएको थियो । अहिले फेरि ६० बर्ष प्रस्तावित गरिएको छ । कहिले ५८ वर्ष त कहिले ६० वर्षको हल्लाका कारण कर्मचारीहरु नै अन्योलमा पर्न थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७