गुप्तचर विभागमा १५ डिएसपी एसपीमा बढुवा (सूचीसहित)


२७ श्रावण २०७५, आईतवार
images cms image 000042393

काठमाडौं, २७ साउन । एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका १५ जना डिएसपी एसपीमा बढुवा भएका छन् ।

images cms image 000042393
राष्ट्रिय अनुसन्धान विभागको कार्यालय

गृह सचिव प्रेम राईले एसपी बढुवाको सदर गरेका हुन् । बढुवा हुनेमा मुकुन्दराज श्रेष्ठ १ नम्बरमा, २ नम्बरमा नविनप्रसाद भट्टराई र ३ नम्बरमा टेकराज तिमिल्सेना छन् । बढुवामा पहिलो नम्बरमा रहेका श्रेष्ठ र भट्टराई आगामी चैत्रमा अवकास हुँदैछन् । ०६३ सालमा अनुसन्धान अधिकृतमा भर्ना भएका तिमिल्सेना आफ्नो ब्याचबाट १ नम्बरमा बढुवा हुन् सफल भएका छन् ।

तिमिल्सेना र अर्का डिएसपी सुरेन्द्र कोइरालाबीच १ नम्बरमा बढुवा हुन चर्को प्रतिष्पर्धा भएपछि बढुवा केही समय रोकिएको थियो । एसपी बढुवामा हुने डिएसपीहरुमा तुलसीराम प्रसाई, सुरेन्द्र कोइराला, रमेशसिंह डांगा, वीरेन्द्रसिंह कार्की, नरेन्द्रराज गिरी, शेरबहादुर चन्द, अभिनयकुमार सिंह छन् ।

त्यसैगरी तिलक शर्मा प्रसाई, बिमल घिमिरे, गोपाल पन्थी, कमलप्रसाद भट्टराई र कुलबहादुर खड्का एसपी बढुवामा परेका छन् ।वरियतामा ३२ नम्बरमा रहेका डिएसपी चन्द ९ नम्बरमा उक्लन सफल भएका छन् । उनी सुदुरपश्चिम घर भएका अनुसन्धान अधिकृत हुन् । चन्द कामभन्दा बढी व्यापार व्यवसायमा संलग्न हुंदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७