भुईको टिप्न खोज्दा, गोजीको पोखाउन हुँदैन : मन्त्री आङबो


२७ श्रावण २०७५, आईतवार
38841957 1959828004040173 8570066618749550592 n

खनेन्द्र कुमार राई (अर्जुन)
बेलबारी, २७ साउन । प्रदेश–१ का आर्थिक मामिला तथा विकास मन्त्री इन्द्रबहादुर आङबोले नेपालका आदिवासी जनजातिहरुले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्दा ‘भुईको टिप्न खोज्दा, गोजीको पोखिने’ गरी गर्न नहुने बताएका छन् ।

38841957 1959828004040173 8570066618749550592 n
आदिवासी जनजातिका विभिन्न जातीय संस्कृतिक झाँकीसहित शुरु भएको र्‍यालीले बेलबारी नगरपालिकाको मुख्य बजार क्षेत्र परिक्रमा गरेको थियो ।

विगतका संविधानहरु भन्दा अहिलेको संविधान आदिवासी जनजातिहरुका लागि उद्धार रहेको औंल्याउँदै मन्त्री आङेले संविधानमा व्यवस्था भएका आदिवासीका अधिकारलाई व्यवहारमा कार्यान्वयन गराउँदै लैजानु पर्ने बताएका छन् । २४ औं आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री आङ्बोले आदिवासी जनजातिहरुले ११ प्रदेशको नारा दिई रहँदा ७ प्रदेश पनि गुम्ने खतरा आउन नहुने बताए ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वयन परिषद् बेलबारीले आयोजना गरेको शुभकामना तथा साँस्कृतिक कार्यक्रमका प्रमुअ अतिथि रहेका मन्त्री आङ्बोले अहिले जातीयताका आधारमा प्रदेशको नामाङ्करणको माग बढिरहेको बताउँदै भने, ‘आदिवासीको पक्षबाट यो कुरा सहि हो । तर, असन्तुलित रुपमा माग अघि सार्दा समाबेशिता र धर्मनिरपेक्षता गुम्नु हुँदैन ।’

39061407 235891547101742 2207636056549883904 n
र्‍यालीमा सहभागी आदिवासी जनजाति ।

उनले सबैको सहमति जुटाएर दुई तिहाई बहुमत मात्र हैन सर्वसहमतमा पहिचानलाई सम्बोधन गरेर १ नं. प्रदेशको नामकरण हुनुपर्ने बताएका थिए । अहिलेको नयाँ संविधानले पनि नेपालका आदिवासी जनजातिलाई मन खुलाएर अधिकार नदिएको बताउँदै सर्प पनि मर्ने र लाठ्ठी पनि नभाँचिने गरी जनजातिहरुले आफ्ना मागहरुलाई अगाडि बढाउनु पर्ने औंल्याए ।

उनले अब राजनीति संक्रमण सकिएको बताउँदै बेरोजगारी र गरिवीको अन्त्य गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान सबै क्षेत्र क्रियाशिल हुनुपर्ने बताए । आदिवासी जनजातिका विभिन्न जातीय संस्कृतिक झाँकीसहित शुरु भएको र्‍यालीले बेलबारी नगरपालिकाको मुख्य बजार क्षेत्र परिक्रमा गरेको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार पार्वती राई, सरला राई, निकेश राई र स्थानीय गायक संजिव धिमालको साथमा जातीय संस्कृति झल्कने नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति महासंका उपध्यक्ष किरन सुनुवार, धिमाल जाति विकासका केन्द्रिय महासचिव केदार धिमाल, नेपाल आदिबसी जनजाति महासंघ १ नं. प्रदेशका संयोजक धु्रर्व सुब्बा, अग्रज पत्रकार भवानी बराल, सामाजिक ब्यक्तित्व महेन्द्र सुबेदीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम नेपाल अदिवासी जनजाति महासंघ नगर समन्वयन परिषद् बेलबारीका अध्यक्ष तिलकप्रसाद राईको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७