भारतीय प्रम मोदीले भने, ‘नेपाल–भारत सम्बन्ध राम–सीताकै पालादेखिको हो’


२७ श्रावण २०७५, आईतवार
narendra modi

काठमाडौं २७ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध नयाँ नभएको बताएका छन् ।

narendra modi

विमस्टेक सम्मेलनका लागि नेपाल आउने संघारमै मोदीले नेपाल–भारत सम्बन्ध भगवान राम–सीताको पालादेखि नै घनिष्ठ रहेको बताएका छन् । भारतीय पत्रिका ‘टाइम्स अफ इण्डिया’ को अनलाइन संस्करणमा आइतबार प्रकाशित अन्तरवार्तामा मोदीले नेपालसँगको सम्बन्ध थप बलियो बनाउँदै लगेको प्रतिक्रिया दिएका छन् ।

‘नेपालसँग त भगवान् राम–सीता तथा गौतम वुद्धको पालादेखिको सम्बन्ध छ’, मोदीले भनेका छन्, ‘हामीले सुरक्षा, व्यापार, लगानी तथा विकासमा साझेदारी गर्दै त्यसलाई झनै बलियो बनाउँदै लगेका छौं । फलस्वरुप आज त्यो सम्बन्ध फराकिलो र गहिरो भएको छ । यो विश्वासिलो र परिपक्व पनि भएको छ ।’ मोदीले चीन अथवा अन्य देशले पनि आफ्ना छिमेकीसँग सम्बन्ध विकास गर्नु स्वभाविक भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७