झाँक्री कृष्ण बाको कर्तुत : बेथा ठिक पारिदिने भन्दै पटक–पटक बलात्कार


२७ श्रावण २०७५, आईतवार

काठमाडौं, २७ साउन । नेपाली समाजमा विभिन्न आवरणमा महिलाको शरीरसँग खेल्ने पुरुषहरुको कमी छैन । राजधानीको प्याफलमा झारफुक गर्दै आएका (झाँक्री बा) ६४ वर्षीय कृष्णप्रसाद नेपाल युवती बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

बलात्कारको आरोपमा पक्राउ परेका झाँक्री कृष्णप्रसाद नेपाल ।

उनकोमा झारफुक गर्न आएकी ३० वर्षीया युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भन्दै पटक–पटक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौले उनलाई पक्राउ गरेको हो । काठमाडौंको झोंछे, टौदह र पछिल्लो समय प्याफलमा बसेर झारफुक गर्दै आएका नेपालले राजधानीकै एक श्रेष्ठ थरकी युवतीलाई ‘रोग निको पार्ने’ वहानामा ६ पटकसम्म बलात्कार गरेको प्रहरीमा जाहेरीको छ ।

मकवानपुरको भैंसे स्थायी घरका नेपाल लामो समदेखि काठमाडौंमा बसेर झारफुक गर्दै आएका थिए । ‘जबरजस्ती करणीको जाहेरी परेपछि नेपाललाई हामीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापा बताउँछन् । झाँक्रीको आवरणमा बलात्कार गरेको आरेपमा पक्राउ परेका नेपालले बयानका क्रममा आफूले सहमतिमै दुई पटक ती युवतीसँग शारिरिक सम्पर्क गरेको स्वीकार गरेको डिएसपी थापाले बताएका छन् ।

‘मेरो जिउमा देउता छन्, रोग निको हुन्छ’ भन्दै बलात्कार गर्ने गरेको युवतीले बयान दिएको पनि प्रहरीले जनाएको छ । ६४ वर्षीय उनले आधा दर्जन महिलासँग विवाह समेत गरेर छाड्ने पाइएको प्रहरीले जानकारी दिएको छ । हाल उनी उपचारकै क्रममा आएकी ३० बर्षीया युवतीसँग विहे गरेर बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७