वैदेशिक सहायता ढाँचा परिवर्तन


२७ श्रावण २०७५, आईतवार
baideshik lagani 05042017073944

काठमाडौं, २७ साउन । सरकारले वैदेशिक सहायताको ढाँचा परिवर्तन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा अर्थ मन्त्रालयका सचिव राजन खनालले सरकार वैदेशिक सहायताको ढाँचा परिवर्तन गर्ने सोचमा रहेको जानकारी दिए ।

baideshik lagani 05042017073944

उनले भने, ‘एकीकृत कोषका आधारमा वैदेशिक सहायता लिनुपर्छ भन्ने सोच अघि बढाइएको छ, दाताबाट एउटा परिमाणको सहयोगको घोषणा हुन्छ, सम्झौतासम्म पुग्दा त्यो घटिसक्छ, कतिपय दाताबाट दिन्छु भनेको रकम आएको छैन ।’

मुआब्जालगायत कतिपय कारणले दाताबाट प्राप्त रकम पनि खर्च भएको छैन । आयोजना सञ्चालनको तयारी नपुग्दा प्रतिबद्धता भएको रकमको भाका सर्ने गरेको मात्र नभई फिर्ता समेत लैजाने अवस्था भएको सो अवसरमा जानकारी दिइयो । विभिन्न शर्तका कारण भूकम्पछिको पुनर्निर्माणको काममा ढिलाइ हँुदा दातृ मुलुकबाट घोषणा भएको सहयोगको प्रतिबद्धता कार्यान्वयन नभएको उल्लेख गर्दै अर्थ सचिव खनालले त्यसले गर्दा राजश्वको ठूलो भाग पुनर्निर्माणमा लगाउनुपर्ने अवस्था सिर्जना भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७