अब श्रीमानले पनि सम्बन्धविच्छेद गर्न पाउने, खर्च पनि दिन नपर्ने


२७ श्रावण २०७५, आईतवार

काठमाडौं, २७ साउन । सम्न्ध विच्छेदको कानून महिलामैत्री मात्र भएर र महिलाका कारण पत्नीका कारण पीडित बनेका पुरुषहरु समाजमा बढिरहेको गुनासो आइरहेका बेला यस्ता पुरुषको समस्या पनि अब कानूनी रुपमा सम्बोधन हुने भएको छ ।

devorce

नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ मा सम्बन्धविच्छेदसम्बन्धी नयाँ व्यवस्था गरेको छ । अब पतिले चाहेमा पनि सम्बन्धविच्छेद हुने भएको छ । यसअघि पत्नीले चाहेको अवस्थामा तुरुन्तै सम्बन्धविच्छेद हुने कानुनी प्रावधान थियो । मुलुकी देवानी (संहिता) ऐन २०७४ को धारा ९४ मा पतिले चाहेको खण्डमा सम्बन्धविच्छेद गर्न पाउने अधिकार उल्लेख छ ।
कानुन बमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा त्यसभन्दा बढी समयदेखि अलग बसेको खण्डमा पतिले सम्बन्धविच्छेद गर्न पाउने छन् ।
यस्तै पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा पनि पतिले सम्बन्धविच्छेद गर्न सक्ने छन् । पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा पनि पतिले तुरुन्तै सम्बन्धविच्छेद गर्न पाउने छन् । पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहर भएमा पनि पतिले सम्बन्धविच्छेद गर्न पाउने छन् ।

रकम दिनु नपर्ने
नयाँ मुलुकी ऐनले सम्बन्धविच्छेद हुँदा अंश नलिई पतिसँग वार्षिक वा मासिक रकम वा खर्च लिने गरेकी पत्नीले अर्कैसँग विवाह गरेमा पतिले उक्त रकम दिनु नपर्ने व्यवस्था गरेको छ । मुलुकी देवानी ऐनको धारा १०० मा उल्लेख गरिएअनुसार सम्बन्धविच्छेद हुने पत्नीले अंश नलिई पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भराइ लिएको अवस्थामा अर्को बिहे गरेमा उक्त रकम वा खर्च दिनु पर्दैन ।

त्यस्तै अंशबण्डा गर्दा कुनै सम्पत्ति नपाइ पतिबाट खान लाउन खर्चको व्यवस्था गरेकी पत्नीले अर्को विहे गरेमा पतिले खर्च दिनु पदैन । पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा पनि खर्च पतिले सम्बन्धविच्छेद गरेकी पत्नीलाई खर्च दिनु पर्दैन । तर यस्तो सुविधा लिएकी पत्नीले अर्को विवाह गरेमा पतीले उक्त रकम दिनु पर्दैन ।त्यस्तै पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा पनि पतीले खर्च दिनु पर्दैन । भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू हुँदैछ ।
पतिले सम्पति पनि पाउने

नयाँ मुलुकी ऐन २०७४ ले पतिलाई पनि सम्पति पाउने अधिकार दिएको छ । ऐनको धारा १०३ ले अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउने व्यवस्था गरेको छ । पतिले सम्बन्धविच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्वपतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीतिरका हकवालले पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७