बिराटनगर महानगरपालिकाको कार्यालयमा शक्तिशाली बम विष्फोट


२७ श्रावण २०७५, आईतवार
biratnagar mahanagar 157201 1282018112006 1000x0 12082018030808

मोरङ, २७ साउन । मोरङको विराटनगर महानगरपालिकाको कार्यालयमा आज (आइतबार) दिउँसो बम विष्फोट भएको छ ।

biratnagar mahanagar 157201 1282018112006 1000x0 12082018030808

महानगर प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिष्फोटबाट कोही पनि घाइते नभएको जनाइएको छ । कार्यालयमा कुकर बम विष्फोट भएको अनुमान गरिएको छ । विष्फोट कसले गरायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

बम विष्फोट हुँदा महानगर प्रमुख पराजुलीको कार्यकक्षमा उपप्रमुख इन्दिरा कार्कीलगायत केही वडा अध्यक्षहरु उपस्थित थिए । अहिले प्रहरीले महानगरपालिकाभित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन । विष्फोटनबाट कार्यालयका झ्यालका सिसाहरु फुटेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७