हरिवंशले निरुतालाई भित्र्याए


२७ श्रावण २०७५, आईतवार
images cms image 000053937

काठमाडौं, २७ साउन । लामो समयदेखि चलचित्र अभिनयमा विश्राम गरिरहेकी नायिका निरुता सिंहलाई कलाकार हरिवंश आचार्यले पुन नेपाली चलचित्र क्षेत्रमा भित्र्याएका छन् ।

images cms image 000053937

मह सञ्चारले निर्माण गर्न लागेको चलचित्र ‘दाल भात तरकारी’ मा नायिका निरुता सिंह फाइनल भएकी हुन् । केही दिनअघि नायिका स्वस्तिमा खड्का र पुष्पल खड्का सिनेमामा रहने खबर बाहिरिएको दाल भात तरकारीमा नायिका निरुता सिंह पनि फाइनल भएकी हुन् ।

सिनेमाको सबैभन्दा पहिलो कलाकार नै नायिका निरुता फाइनल भएको बताइएको । उनी हरिवंश आचार्यको जोडीको रुपमा प्रस्तुत हुने बताइएको छ । यसअघि ‘शत्रु गते’ मा हरिवंश आचार्यको जोडीको रुपमा दीपाश्री निरौलालाई प्रस्तुत गरिएको थियो । जुन धेरैले मन पराएका थिए । दाल भात तरकारीमा भने हरिवंश आचार्यको जोडीको रुपमा निरुताले काम गर्ने भएकी हुन् ।

लामो समयदेखि नेपाली सिनेमाभन्दा बाहिर रहेकी निरुताको यो सिनेमा ‘कमब्याक’ हुने भएको छ । केही समयअघि नाई नभन्नु ल ५ मा अतिथिको भूमिका खेलेकी निरुता यस सिनेमामा भने लामै भूमिकामा प्रस्तुत हुने भएकी छन् । निरुताका अलवा यस सिनेमामा नायिका वर्षा राउतको पनि प्रवेश भएको छ । नायिका स्वस्तिमा खड्का, पुष्पल खड्का यस सिनेमामा रहने लगभग निश्चित भइसकेको छ ।

मह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माणमा बन्न लागेको सिनेमा दाल भात तरकारीलाई केसीका छोरा सुदन केसीले निर्देशन गर्ने भएका छन् । सुदन केसी लामो समयदेखि मह सञ्चारमा काम गर्दै आएका छन् । सिनेमामा मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धारा भुषाल, राजाराम पौडेल, मोहितवंश आचार्य, विल्सनविक्रम राईलगायतका कलाकारहरु रहने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७