मुलुकी संहिताविरुद्धमा डाक्टरहरु, भने, ‘हामीलाई अपराधीको दर्जामा राखियो’


२७ श्रावण २०७५, आईतवार
doctor

काठमाडौं, २७ साउन । उपचारका क्रममा डाक्टरको लापर्वाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई कारागार सजाय हुने पछिल्लो कानुनी व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन् ।

doctor

भदौ १ गतेबाट लागू हुने मुलुकी संहिताको यो कानुनी व्यवस्था संशोधन नभए डाक्टरले लाइसेन्स बुझाएर बस्ने सरकारलाई चेतावनी दिएका छन् । जारी हुन लागेको कानुनले चिकित्सकलाई अपराधी सरह व्यवहार गर्न खोजेको संघले आपति जनाएको हो । नयाँ कानुनअनुसार चिकित्सकले उपचारमा लापर्बाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने व्यवस्था छ । यसअघि लापर्बाही गरी बिरामीको मृत्यु भए वा अङ्गभङ्ग भए चिकित्सकलाई जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।

अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारले चिकित्सकको मनोबल गिराएको प्रतिक्रिया दिएका छन् । ‘लापर्बाही गरेर जानीजानी कुनै पनि चिकित्सकले बिरामी मार्दैन’, उनले, ‘यस्तो परिस्थितिमा अब कुन चाहिं डाक्टर बिरामीको शल्यक्रिया गर्ने जोखिम उठाउँछ ?’ सरकारले ल्याएको यो कानूलले त चिकित्सकलाई अपराधी जस्तो व्यवहार गरेको उनले आरोप लगाए ।

सरकारले अस्पतालमा तोडफोड गर्ने उच्छृंखल तत्वलाई बढावा दिने गरी कानुन ल्याएको भन्दै तुरुन्तै सच्याउन सरकार समक्ष माग गरे । कानुन नसच्याए आन्दोलनमा जाने उनले चेतावनी समेत दिए । आन्दोलन कसरी अघि बढाउने भन्ने विषयमा सोमबार छलफल गरी अघि बढ्ने अध्यक्ष डा. श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७