संविधान आएपछि ८० कानून बने, कहिले आउँलान् ३ हजार कानून ?


२७ श्रावण २०७५, आईतवार
law

काठमाडौं, २७ साउन । देशमा संविधान कार्यान्यन भइसके पनि कतिपय कानूनहरु बन्न बाँकी रहँदा माथिल्लोदेखि तल्लो तहका सरकार, जनप्रतिनिधि र सरकारका विभिन्न निकायहरु कहिलेकाँहीं अन्योलको अवस्थामा पर्दै आएका छन् ।

law

कार्य सम्पादनका लागि आवश्यक कानून नहुँदा काम गर्न असजिलो हुने गरेको अभिव्यक्तिहरु बेला बेलामा सार्वजनिक भइरहेका छन् । नेपालका संविधान बनेपछि अहिलेसम्म ८० कानून बनिसकेका छन् भने अझै ३ हजार कानून बन्नै बाँकी रहेका छन् । आउँदो असोज २ गतेभित्र मौलिक हकअन्तर्गतका १५ कानुन आइसक्ने कानुन मन्त्रालयले जानकारी दिएको छ । संविधानमा रहेका ३१ मौलिक हकअन्तर्गत कतिपय हिजोकै कानूनलाई निरन्तरता दिइएको छ भने १५ वटा नयाँ कानून निर्माणको क्रमले असोजमा पूर्णता पाउने भएको हो । यीमध्ये कतिपय विधेयक पारित भएका छन्, कतिपय संसदमा दर्ता भएका छन्, केही मन्त्रिपरिषदमा विचाराधीन छन् ।

संविधान जारी भएको झन्डै ३ वर्षमा ८० नयाँ कानुन बनेका छन् भने झन्डै ३ हजार कानून पुनरावलोकनका क्रममा रहेको मन्त्रालयका प्रवक्ता ढकाल बताउँछन् । प्रवक्ता रमेश ढकाल भन्छन्, ‘संविधान अन्तर्गतका बन्नुपर्ने कानुनहरूमा मुख्य प्राथमिकता संविधानले प्रत्याभूत गरेका मौलिक हकअन्तर्गतका विधेयक निर्माणलाई दिइएको छ । संविधानले प्रत्याभूत गरेको ३१ वटा मौलिक हकमध्ये कतिपय मौलिक हकहरू हिजोकै संविधानको निरन्तरताका रूपमा आएको छ । संविधानले प्रत्याभूत गरेको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका लागि कानुन बनाउनुपर्ने अवस्था छ ।’

संसदीय व्यवस्था तथा कानुन मन्त्रालयले मौलिक हकअन्तर्गतका सबै विधेयक पठाइसकेको र संसदमा दर्ता भएको मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिएका छन् । यस्तै मौलिक हकसँग प्रत्यक्ष संलग्न नभएका लेखापरीक्षणसम्बन्धी विधेयक, बिमासम्बन्धी विधेयक, प्रशासनिक अदालतसम्बन्धी विधेयक पनि संसदमा दर्ता भएका छन् । यस्तै उपभोक्ता अधिकार, प्रजनन् अधिकारसम्बन्धी कानुनका लागि विधेयक अदालतमा दर्ता भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७