चार पत्रकारलाई जनही ४० हजार नगदसहित पत्रकारिता पुरस्कार प्रदान


२७ श्रावण २०७५, आईतवार
phonij journalist

काठमाडौं, २७ साउन । चार पत्रकारलाई ४० हजार रुपैयाँ नगदसहित ‘आदिवासी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्धारा प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कार यस वर्ष उजिर मगर (अनलाइन), भैरव आङ्ला (टेलिभिजन), कमला चौधरी (रेडियो) र छेटु शेर्पा (छापा) दिइएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नेपाली पत्रकारितामा समावेशिता र लोकतन्त्रका लागि आगामी दिनमा पनि निरन्तर काम गर्न फोनिजलाई शुभकामना दिए । प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले पत्रकारितालाई समाजप्रति जिम्मेवार बनाउन काउन्सिलले निरन्तर रुपमा काम गरिरहेको बताए ।

यसैगरी प्रेस चौतारी नेपालका महासचिव राजेश राई, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने र क्रियाशील महिला पत्रकारका अध्यक्ष अमिका राजथलाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा फोनिजले निरन्तर काम गरिरहेको बताए ।

यस्तै कार्यक्रमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको संविधानअनुरुप प्रेससँग सम्बन्धित ऐनकानून प्रेस स्वतन्त्रतानुकूल बनाइने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘सञ्चारसम्बन्धी कानूनहरु प्रेसमैत्री बन्नेछन, छलफल गरेर नै विज्ञापन नीति बनाइनेछ, प्रेस स्वतन्त्रतामाथि कुनै पनि काँढाले कोर्दैन, तपाईँहरु ढुक्क हुनुस् । सरकारले नागरिक र प्रेस स्वतन्त्रताको रक्षाकै लागि काम गर्ने हो, सबै मिलेर सहकार्यमा काम गर्ने हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७