नेकपाको प्रदेश र जिल्लामा यस्तो छ मापदण्ड, कुन प्रदेशमा कसको दावी ?


२८ श्रावण २०७५, सोमबार
kp oli and puspa kamal dahal prachand 2
काठमाडौं, २८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र  जिल्ला तहमा एकीकरण गर्दा संसद् र स्थानीय तहको निर्वाचन परिणाम, समानुपातिकतर्फ खसेको मत, पार्टी सदस्य संख्या, ज्येष्ठता र दुवैतर्फ स्वीकार्य व्यक्तित्वजस्ता मापदण्ड बनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।प्रदेश एकीकरण रिपोर्ट  प्रदेश १ (१४ जिल्ला) कार्यदल :भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले प्रदेश कमिटी : २०७ सदस्यीय पूर्वएमालेबाट १२२ र माओवादीबाट ८५ (टुंगिएको) प्रदेश अध्यक्षका दाबेदार : जगन्नाथ खतिवडा, राम कार्की, सावित्रीकुमार काफ्लेअन्तिम तयारी : गृहकार्य अन्तिम चरणमा पुगेकाले दुई दिनभित्र प्रदेश संगठन कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाएर सचिवालयलाई बुझाउने तयारी भइरहेको कार्यदल सदस्य भीम आचार्यले बताए । प्रदेश अध्यक्ष र सचिवका दाबेदारहरूको नामसहित प्रतिवेदन बुभाउने तयारी छ । प्रदेश कमिटी टुंगो लागेलगत्तै १४ जिल्लाको संख्या र नेतृत्वसहितको सिफारिस गर्ने तयारी छ । यीमध्ये तत्कालीन माओवादी केन्द्रले झापा, मोरङ र सुनसरीमध्ये एकसहित कम्तीमा चार जिल्लाको नेतृत्व दाबी गरेको छ ।प्रदेश २ (८ जिल्ला) कार्यदल : सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह प्रदेश कमिटी :२१५ सदस्यीय (५ प्रतिशत रिक्त राखिने) पूर्वएमाले र माओवादीबाट हाराहारी संख्या (टुंगो लाग्न बाँकी अध्यक्षका दाबेदार : नागेन्द्र चौधरी, शत्रुधन महत्तो, प्रभु साह, विश्वनाथ साहअन्तिम तयारी : दुई दिनभित्र प्रदेश संगठन कमिटीको संख्या र नाम टुंगो लगाएर प्रतिवेदन बुझाउने तयारी भइरहेको कार्यदल सदस्य सत्यनारायण मण्डलले बताए । प्रदेश कमिटी र जिल्ला कमिटीमा समेटिने संख्या र नेतृत्व पनि हाराहारी नै हुने गरी छलफल चलिरहेको उनले जनाए । पूर्वएमालेले कम्तीमा पाँच र माओवादी केन्द्रले कम्तीमा चार जिल्लामा नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । तर, कार्यदल सदस्य मण्डलले एउटै पार्टी भइसकेपछि बाँडफाँडभन्दा पनि आवश्यकता र पार्टी हितलाई ध्यान दिएर कमिटीको संख्या र नेतृत्व टुंगो लगाउनेगरी समझदारी बन्दै गएको बताए ।प्रदेश ३ (१३ जिल्ला) कार्यदल : अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहाल प्रदेश कमिटी :२१७ सदस्यीय संख्या टुंगो लागिसकेको छैन । तर, पूर्वएमालेको जोड ६०÷४० र पूर्वमाओवादीको जोड ५५÷४५ को अनुपातमा प्रदेश कमिटी बनाउनुपर्नेमा छ । अध्यक्षका दाबेदार : पशुपति चौलागाईं, काशीनाथ अधिकारी, नारायण दाहालअन्तिम तयारी : कार्यदल सदस्यहरूले काठमाडौंसहित १३ भूगोलका जिल्ला र चारवटा विशेष जिल्ला कमिटीसहित १७ कमिटीको संख्या र नेतृत्व कसले लिनेबारे छलफल चलिरहेको छ । यसमा टुंगो लागेपछि मात्र प्रदेश कमिटी र जिल्लामा समेटिने नाम एकैपटक बुझाउने कार्यदलको तयारी छ । ‘हामी पहिले जिल्ला तहको संख्या र नेतृत्व सकभर सर्वसम्मत गर्ने कसरतमा छौँ,’ कार्यदल सदस्य अग्नि सापकोटाले भने, ‘तल टुंगिएलगत्तै तीन दिनभित्र प्रदेश कमिटी पनि टुंग्याउने गरी छलफल गरिरहेका छौँ ।’अहिलेसम्म पूर्वमाओवादीले दोलखा र मकवानपुरको नेतृत्व पूर्वएमालेलाई छाडेको छ । सिन्धुली, रामेछाप, चितवन र रसुवासहित कम्तीमा चार जिल्लाको नेतृत्वमा माओवादीको जोड छ । रामेछापमा पूर्वएमालेबाट ६९ र माओवादीबाट ६६ जना रहेको जिल्ला कमिटी बनाउने सहमति भएको छ । अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा पूर्वमाओवादीले अनुकूलताका लागि जिल्ला अध्यक्षकै लागि बढी जोड गरेको छ । तत्कालीन एमालेका अध्यक्ष कृष्णभक्त पोखरेल सांसद रहेकाले पनि स्वाभाविक नेतृत्व पाउनुपर्ने माओवादीको दाबी छ । अन्य जिल्लामा छलफल जारी छ । प्रदेश ३ का सबै जिल्लामा तत्कालीन एमालेको बढी संख्या रहने गरी कमिटी बन्दै छ ।गण्डकी प्रदेश (११ जिल्ला) कार्यदल : किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी अध्यक्षका दाबेदार : किरण गुरुङ, तुलबहादुर गुरुङ, हितराज पाण्डे, हरि अधिकारी प्रदेश कमिटी : १८७ सदस्यीय पूर्वएमाले र माओवादीबाट ६०/४० या ५५/४५ को अनुपातमा टुंग्याउने गरी छलफलअन्तिम तयारी : २८ भदौभित्र प्रदेश संगठन कमिटी र ९ वटै जिल्ला कमिटीको नामावली केन्द्रमा पठाउन निर्णायक बैठक गरिने कार्यदल सदस्य जगतबहादुर विश्वकर्माले बताए । अहिलेसम्म मुस्ताङ, म्याग्दी र लमजुङ जिल्ला कमिटीको संख्या टुंगो लागेको छ भने कास्कीसहित बाँकी सबै जिल्लाको संख्या र नेतृत्वबारे दुवैतर्फका पाँच–पाँचजनाको कार्यदलले छलफल चलाइरहेको छ । पूर्वमाओवादीले कम्तीमा तीन जिल्लाको नेतृत्वमा दाबी गरेको छ ।प्रदेश ५ (१३ जिल्ला) कार्यदल : शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन प्रदेश कमिटी : २०३ सदस्यीय अध्यक्षका दाबेदार : दलबहादुर राना, मणि थापा, गणेशमान पुनहाराहारी संख्यामा समावेश गर्ने गरी छलफल चलिरहे पनि अन्तिम टुंगो लागिसकेको छैन ।अन्तिम तयारी : कार्यदल सदस्य मणि थापाका अनुसार २०३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र माओवादीबाट हाराहारीको संख्या रहने गरी प्रदेश कमिटीको नाम टुंग्याउने अन्तिम तयारी भइरहेको छ । प्रदेशका १३ जिल्लामध्ये पूर्वी रुकुम, प्युठान, रोल्पा र बर्दियामा पूर्वमाओवादीले अध्यक्षको दाबी गरेको छ । पूर्वएमालेले रुपन्देही, पाल्पा, दाङ, गुल्मी, बाँके, अर्घखाँची र नवलपरासीलगायत जिल्लामा नेतृत्व दाबी गरेको छ ।प्रदेश ६ (९ जिल्ला)कार्यदल : युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा प्रदेश कमिटी : १७५ सदस्यीय पूर्वएमालेबाट ८७ र माओवादीबाट ८८ जना अध्यक्षका दाबेदार : मायाप्रसाद शर्मा, यामलाल कँडेल, गोरखबहादुर बोगटी, लक्ष्मी पोखरेलअन्तिम तयारी : हाराहारी हैसियतमै प्रदेश र जिल्ला कमिटी बनाउने गरी संख्या टुंग्याएर कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रदेशको संख्या टुंगो लागिसकेकाले नेतृत्व मात्र टुंग्याउन बाँकी छ । प्रदेशका १० जिल्लामध्ये पछिल्लो निर्वाचनको जनमत र पार्टी सदस्य संख्याका आधारमा जिल्लाको नेतृत्व पाँच–पाँच हुने गरी टुंग्याउने तयारी छ । कार्यदलका सदस्य मायाप्रसाद शर्माले प्रदेशको संख्या टुंगो लागिसकेकाले जिल्लामा छलफल केन्द्रित भएको बताए । ‘सकभर तलै नेतृत्व पनि टुंग्याउने प्रयासमा छौँ, टुंगिएन भने पनि माथि सिफारिस गर्छौँ,’ शर्माले भने ।प्रदेश ७ (९ जिल्ला) कार्यदल : भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी प्रदेश कमिटी १८३ सदस्यीय कमिटीमा कसको कति रहने भन्नेबारे छलफल चलिरहेको छ ।  अध्यक्षका दाबेदार : कर्णबहादुर थापा, लक्ष्मीदत्त जोशीअन्तिम तयारी : कार्यदल सदस्य कर्ण थापाका अनुसार प्रदेश र जिल्लास्तरमा एकीकरणका लागि अन्तिम छलफल चलिरहेको छ । एक–दुई दिनभित्र प्रदेश कमिटी टुंगो लाग्ने उनले बताए । पूर्वमाओवादीले नौमध्ये चार जिल्लाको नेतृत्व दाबी गरेको छ ।कार्यदल :भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले प्रदेश कमिटी : २०७ सदस्यीय पूर्वएमालेबाट १२२ र माओवादीबाट ८५ (टुंगिएको) प्रदेश अध्यक्षका दाबेदार : जगन्नाथ खतिवडा, राम कार्की, सावित्रीकुमार काफ्लेअन्तिम तयारी : गृहकार्य अन्तिम चरणमा पुगेकाले दुई दिनभित्र प्रदेश संगठन कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाएर सचिवालयलाई बुझाउने तयारी भइरहेको कार्यदल सदस्य भीम आचार्यले बताए । प्रदेश अध्यक्ष र सचिवका दाबेदारहरूको नामसहित प्रतिवेदन बुभाउने तयारी छ । प्रदेश कमिटी टुंगो लागेलगत्तै १४ जिल्लाको संख्या र नेतृत्वसहितको सिफारिस गर्ने तयारी छ । यीमध्ये तत्कालीन माओवादी केन्द्रले झापा, मोरङ र सुनसरीमध्ये एकसहित कम्तीमा चार जिल्लाको नेतृत्व दाबी गरेको छ ।प्रदेश २ (८ जिल्ला) कार्यदल : सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह प्रदेश कमिटी :२१५ सदस्यीय (५ प्रतिशत रिक्त राखिने) पूर्वएमाले र माओवादीबाट हाराहारी संख्या (टुंगो लाग्न बाँकी अध्यक्षका दाबेदार : नागेन्द्र चौधरी, शत्रुधन महत्तो, प्रभु साह, विश्वनाथ साहअन्तिम तयारी : दुई दिनभित्र प्रदेश संगठन कमिटीको संख्या र नाम टुंगो लगाएर प्रतिवेदन बुझाउने तयारी भइरहेको कार्यदल सदस्य सत्यनारायण मण्डलले बताए । प्रदेश कमिटी र जिल्ला कमिटीमा समेटिने संख्या र नेतृत्व पनि हाराहारी नै हुने गरी छलफल चलिरहेको उनले जनाए । पूर्वएमालेले कम्तीमा पाँच र माओवादी केन्द्रले कम्तीमा चार जिल्लामा नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । तर, कार्यदल सदस्य मण्डलले एउटै पार्टी भइसकेपछि बाँडफाँडभन्दा पनि आवश्यकता र पार्टी हितलाई ध्यान दिएर कमिटीको संख्या र नेतृत्व टुंगो लगाउनेगरी समझदारी बन्दै गएको बताए ।प्रदेश ३ (१३ जिल्ला) कार्यदल : अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहाल प्रदेश कमिटी :२१७ सदस्यीय संख्या टुंगो लागिसकेको छैन । तर, पूर्वएमालेको जोड ६०÷४० र पूर्वमाओवादीको जोड ५५/४५ को अनुपातमा प्रदेश कमिटी बनाउनुपर्नेमा छ । अध्यक्षका दाबेदार : पशुपति चौलागाईं, काशीनाथ अधिकारी, नारायण दाहालअन्तिम तयारी : कार्यदल सदस्यहरूले काठमाडौंसहित १३ भूगोलका जिल्ला र चारवटा विशेष जिल्ला कमिटीसहित १७ कमिटीको संख्या र नेतृत्व कसले लिनेबारे छलफल चलिरहेको छ । यसमा टुंगो लागेपछि मात्र प्रदेश कमिटी र जिल्लामा समेटिने नाम एकैपटक बुझाउने कार्यदलको तयारी छ । ‘हामी पहिले जिल्ला तहको संख्या र नेतृत्व सकभर सर्वसम्मत गर्ने कसरतमा छौँ,’ कार्यदल सदस्य अग्नि सापकोटाले भने, ‘तल टुंगिएलगत्तै तीन दिनभित्र प्रदेश कमिटी पनि टुंग्याउने गरी छलफल गरिरहेका छौँ ।’अहिलेसम्म पूर्वमाओवादीले दोलखा र मकवानपुरको नेतृत्व पूर्वएमालेलाई छाडेको छ । सिन्धुली, रामेछाप, चितवन र रसुवासहित कम्तीमा चार जिल्लाको नेतृत्वमा माओवादीको जोड छ । रामेछापमा पूर्वएमालेबाट ६९ र माओवादीबाट ६६ जना रहेको जिल्ला कमिटी बनाउने सहमति भएको छ । अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा पूर्वमाओवादीले अनुकूलताका लागि जिल्ला अध्यक्षकै लागि बढी जोड गरेको छ । तत्कालीन एमालेका अध्यक्ष कृष्णभक्त पोखरेल सांसद रहेकाले पनि स्वाभाविक नेतृत्व पाउनुपर्ने माओवादीको दाबी छ । अन्य जिल्लामा छलफल जारी छ । प्रदेश ३ का सबै जिल्लामा तत्कालीन एमालेको बढी संख्या रहने गरी कमिटी बन्दै छ ।गण्डकी प्रदेश (११ जिल्ला) कार्यदल : किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी अध्यक्षका दाबेदार : किरण गुरुङ, तुलबहादुर गुरुङ, हितराज पाण्डे, हरि अधिकारी प्रदेश कमिटी : १८७ सदस्यीय पूर्वएमाले र माओवादीबाट ६०/४० या ५५/४५ को अनुपातमा टुंग्याउने गरी छलफलअन्तिम तयारी : २८ भदौभित्र प्रदेश संगठन कमिटी र ९ वटै जिल्ला कमिटीको नामावली केन्द्रमा पठाउन निर्णायक बैठक गरिने कार्यदल सदस्य जगतबहादुर विश्वकर्माले बताए । अहिलेसम्म मुस्ताङ, म्याग्दी र लमजुङ जिल्ला कमिटीको संख्या टुंगो लागेको छ भने कास्कीसहित बाँकी सबै जिल्लाको संख्या र नेतृत्वबारे दुवैतर्फका पाँच–पाँचजनाको कार्यदलले छलफल चलाइरहेको छ । पूर्वमाओवादीले कम्तीमा तीन जिल्लाको नेतृत्वमा दाबी गरेको छ ।प्रदेश ५ (१३ जिल्ला) कार्यदल : शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन प्रदेश कमिटी : २०३ सदस्यीय अध्यक्षका दाबेदार : दलबहादुर राना, मणि थापा, गणेशमान पुनहाराहारी संख्यामा समावेश गर्ने गरी छलफल चलिरहे पनि अन्तिम टुंगो लागिसकेको छैन ।अन्तिम तयारी : कार्यदल सदस्य मणि थापाका अनुसार २०३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र माओवादीबाट हाराहारीको संख्या रहने गरी प्रदेश कमिटीको नाम टुंग्याउने अन्तिम तयारी भइरहेको छ । प्रदेशका १३ जिल्लामध्ये पूर्वी रुकुम, प्युठान, रोल्पा र बर्दियामा पूर्वमाओवादीले अध्यक्षको दाबी गरेको छ । पूर्वएमालेले रुपन्देही, पाल्पा, दाङ, गुल्मी, बाँके, अर्घखाँची र नवलपरासीलगायत जिल्लामा नेतृत्व दाबी गरेको छ ।प्रदेश ६ (९ जिल्ला)कार्यदल : युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा प्रदेश कमिटी : १७५ सदस्यीय पूर्वएमालेबाट ८७ र माओवादीबाट ८८ जना अध्यक्षका दाबेदार : मायाप्रसाद शर्मा, यामलाल कँडेल, गोरखबहादुर बोगटी, लक्ष्मी पोखरेलअन्तिम तयारी : हाराहारी हैसियतमै प्रदेश र जिल्ला कमिटी बनाउने गरी संख्या टुंग्याएर कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको छ । प्रदेशको संख्या टुंगो लागिसकेकाले नेतृत्व मात्र टुंग्याउन बाँकी छ । प्रदेशका १० जिल्लामध्ये पछिल्लो निर्वाचनको जनमत र पार्टी सदस्य संख्याका आधारमा जिल्लाको नेतृत्व पाँच–पाँच हुने गरी टुंग्याउने तयारी छ । कार्यदलका सदस्य मायाप्रसाद शर्माले प्रदेशको संख्या टुंगो लागिसकेकाले जिल्लामा छलफल केन्द्रित भएको बताए । ‘सकभर तलै नेतृत्व पनि टुंग्याउने प्रयासमा छौँ, टुंगिएन भने पनि माथि सिफारिस गर्छौँ,’ शर्माले भने ।प्रदेश ७ (९ जिल्ला) कार्यदल : भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी प्रदेश कमिटी १८३ सदस्यीय कमिटीमा कसको कति रहने भन्नेबारे छलफल चलिरहेको छ । अध्यक्षका दाबेदार : कर्णबहादुर थापा, लक्ष्मीदत्त जोशीअन्तिम तयारी : कार्यदल सदस्य कर्ण थापाका अनुसार प्रदेश र जिल्लास्तरमा एकीकरणका लागि अन्तिम छलफल चलिरहेको छ । एक–दुई दिनभित्र प्रदेश कमिटी टुंगो लाग्ने उनले बताए । पूर्वमाओवादीले नौमध्ये चार जिल्लाको नेतृत्व दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७