माओवादी नेता नारायणकाजी श्रेष्ठ लडेर घाइते


२२ कार्तिक २०७४, बुधबार
narayan kaji sherestha नारायणकाजी श्रेष्ठ

काठमाडौं: नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा गोरखा २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर घाइते भएका छन् ।
मंलबार चुनावी प्रचारप्रसा कार्यमा रहेको बेला श्रेष्ठ गोखाको सौरपानीमा आयोजित कायक्रममा रडमा अल्झिएर लडेपछि घाइते भएको हो । श्रेष्ठको दायाँ निधार र दायाँ खुट्टामा सामान्य चोट लागेको छ ।

narayan kaji sherestha नारायणकाजी श्रेष्ठ
फाइल तस्बिर

घाइते भएका कारण उनी बुधवार बारपाकमा तय गरिएको घरदैलो कार्यक्रममा सहभागी हुन सकेनन् । बारपाकमा भएको चुनावी सभामा उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका छन् । पैदल यात्रा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गर्न र भोट माग्न सकेनन् ।
श्रेष्ठको बुधवार दिनभर विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाकका घर–घरमा पुग्ने योजना थियो । तर, घाइते भएका कारण उनको उक्त योजना स्थगित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७