श्रीमती बलात्कार गर्ने ४२ पतिलाई कार्वाही


२८ श्रावण २०७५, सोमबार
rape11

काठमाडौं, २८ साउन । विवाहलाई यौन सम्बन्धलाई वैधानिकता दिन्छ । तर, यसको अर्थ यौन सम्बन्धका मामलामा पनि जोर जब्बरजस्ती चल्छ भन्ने होइन ।

rape11

श्रीमान–श्रीमतीबीचको यौन सम्बन्ध पनि सहमतिको हुनुपर्ने कानूनी व्यवस्था छ । नेपालको कानूनले श्रीमान र श्रीमतीबीच इच्छा बिपरीतको शारीरिक सम्बन्धलाई कानूनले जबरजस्ती करणी मान्दछ । पीडित महिला वा पुरुषले आफ्ना बलजफ्तीमा परेको जाहेरी दिए प्रहरीले कार्वाही गर्छ ।
पछिल्लो समय श्रीमानबाट बलात्कार भएको जाहेरी बढ्दै गएको पाइएको ।

मादक पदार्थ खाएको समयमा मात्र होइन विरामी र सुत्केरी भएको अवस्थामा समेत श्रीमानले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाहरुले प्रहरीमा जाहेरी दिएका छन् ।
देशभरका प्रहरी कार्यालयमा चार वर्षमा ४२ जना श्रीमती आफ्ना श्रीमानबाट बलात्कृत भएको घटनामा प्रहरीले कार्वाही गरेको तथ्याङ्क छ । आफ्नै श्रीमानबिरुद्ध श्रीमतीले बलात्कार मुद्दाको जाहेरी लिएर आएपछि प्रहरीले कार्वाही थालेको छ । यस्तै, अदालतले समेत श्रीमानलाई सजाय गरेका घटना छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७