हतियार भण्डारमा विष्फोट, १२ बालबालिकासहित ३९ को मृत्यु


२८ श्रावण २०७५, सोमबार
102944349 afpgettyimages

काठमाडौं, २८ साउन । सिरियाको पश्चिमोत्तर प्रान्त इड्लिबमा एउटा भवनमा एउटा विष्फोटन हुँदा कम्ती ३९ जना मारिएका छन् । मारिनेमध्ये १२ जना बालबालिका छन् ।

102944349 afpgettyimages

विद्रोहीको नियन्त्रणमा रहेको इड्लिबको सार्मदा नगरस्थित सो भवनमा एक जना हतियार तस्करको अस्त्रभण्डार रहेको ठानिएको छ । पर्यवेक्षकहरूले अझै पनि दर्जनौं मानिस हराइरहेको बताएका छन् । हालैका महिनाहरूमा सिरियाली सरकारले सिरियास्थित कैयौं विद्रोही इलाकामा कार्वाहीलाई तीव्र पारेको छ । इड्लिब कैयौँ विद्रोही तथा जिहादी समूहहरुको पकडमा रहेको अन्तिम क्षेत्र हो । सोही कारण रुस तथा इरानको समर्थन पाएको सिरियाली सरकारको अर्को निशाना इड्लिब हुन सक्ने बताइएको छ ।

टर्कीको सीमा नजिकै रहेको सार्मदा नगरमा रहेको सो भवनको भग्नावशेष हटाउन र त्यसमा फसेका मानिसलाई निकाल्न बुलडोजरहरूको प्रयोग गर्नु परेको एएफपी समाचार संस्थाका सम्वाददाताले बताएका छन् । मानिसहरूले भरिएका सो भवन भग्नावशेषमा परिणत भएको विवरणमा जनाइएको छ ।

कारण
यूकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले हराइरहेका दर्जनौँ मानिसको खोजी तथा उद्धार भइरहेको जनाएको छ । केही विवरणहरूका अनुसार मृतकको सङ्ख्या अझ बढ्न सक्नेछ । सो भवनमा आश्रय लिइरहेकामध्ये अधिकांश सिरियाको होम्स प्रान्तबाट विस्थापित भएर आएका सिरियाली नागरिकहरू रहेको विश्वास गरिएको छ । विष्फोटको वास्तविक कारण थाहा भइसकेको छैन । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७